Thursday, April 18
Shadow

Tag: प्रचण्ड-माधव

प्रचण्ड–माधव पक्षद्वारा नेकपाको आधिकारिकता दाबि

प्रचण्ड–माधव पक्षद्वारा नेकपाको आधिकारिकता दाबि

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २० । नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् । साथै अब सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई पक्ष मध्ये कुन पक्ष आधिकारिक हो भन्ने विषय एक कदम अगाडी बढेको छ । नेकपाको प्रचण्ड९नेपाल पक्षले आफु पक्षका २७५ केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आफ्नो आधिकारिकता निर्वाचन आयोगमा दाबी गरेपछि अब नियम अनुसार यो प्रक्रिया अगाडी बढ्ने देखिएको छ । एक पक्षको दाबिपछि आयोगलाई राजनीतिक दलसम्बन्धि ऐन अनुसार नेकपाको आधिकारिकता टुंगाउन सजिलो हुने भएको हो । प्रचण्ड पक्षले आयोगले यस अघि मान्यता दिएका ४४१ मध्ये २७५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएपछि ...
प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै, एजेण्डा के छ ?

प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै, एजेण्डा के छ ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ १९ । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक बस्दै छ ।संसदविघटनविरुद्ध तेस्रो चरणका आन्दोलनका कार्यक्रम गरिरहेको उक्त समुहले बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो। प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।...
संसदविघटनविरुद्ध आज प्रचण्ड-माधव समूहकोे देशभर जनप्रदर्शन, यस्तो छ जुलुसको रुट

संसदविघटनविरुद्ध आज प्रचण्ड-माधव समूहकोे देशभर जनप्रदर्शन, यस्तो छ जुलुसको रुट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दैछ । उक्त समूहले राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गर्ने जनाएको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने प्रचण्ड(नेपाल समूहले जनाएको छ । काठमाडौंमा उक्त समूहको जुलुस टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर, नक्शाल, रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरूको जुलुस निस्किने छ । सबै जुलुस भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीमार्गमा हुने विरोधसभालाई पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत शीर्षस्थ नेताहरुले सम्बोधन गर्नुहुनेछ । जुलुसमा तोकिएका नारा मात्रै लगाउन र अनुशासित र मर्यादित हुन नेकपाले अपिल...