Thursday, April 18
Shadow

Tag: प्रचण्ड–नेपाल समूह

ओलीविरुद्ध थप रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

ओलीविरुद्ध थप रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ फागनु १९ । । नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्‍न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल-नेपाल समूहको माग छ । तर यता प्रधानमन्त्री ओलीले राजीनामा नदिए अडान लिरहेका छन् । यसपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको यो समुहले जनाएको छ । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।...
प्रचण्ड-नेपाल समूहको बुधबार काठमाडौंमा शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

प्रचण्ड-नेपाल समूहको बुधबार काठमाडौंमा शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

ब्यानर समाचार, राजनिती
  काठमाडौं , माघ २६ । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले राजधानीको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिले पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ(प्रदेशका सांसदहरुलाई दिएको छ । त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुलाई दिएको छ । त्यस्तै माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुम...
प्रचण्ड–नेपाल समूहको बन्द :  १८८ पक्राउ, ३३ सवारी तोडफोड

प्रचण्ड–नेपाल समूहको बन्द : १८८ पक्राउ, ३३ सवारी तोडफोड

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ , माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो । राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झण्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिए । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ । बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा आज बिहानै एउटा ट्याक...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै, यी विषयमा हुनेछ छलफल

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै, यी विषयमा हुनेछ छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमबारे पनि छलफल गर्ने तयारी गरेको छ । साथै अध्यक्ष माधवकुमार नेपाल बैठकमा पेस गरेको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ ।...
प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, पुस १४ नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ । जसअन्तर्गत काठमाडौंमा १३ ठाउँबाट जुलुस निकालिएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको जुलुस यतिबेला भृकुटीमण्डपबाट भद्रकाली हुँदै सुन्धारातर्फ लागेको छ । उक्त जुलुस पुन: भृकुटीमण्डप फर्कनेछ । अन्य विभिन्न ठाउँबाट निकालिएको जुलुस पनि भृकुटीमण्डपमा कोणसभा परिणत हुनेछ। जुलुसमा प्रचण्ड-नेपालले सम्बाेधन गर्ने छन।...
प्रचण्ड–नेपाल समूह  उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै

प्रचण्ड–नेपाल समूह उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै

ब्यानर समाचार 2, राजनिती
  काठमाडौं, पुस १४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दैछ । उपत्प्रयकाकाे दर्शनी मार्गमा आज सभा गर्ने भएको हो ।सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । यसअघि चण्ड–नेपाल समूहले विभिन्न स्थानमा प्रदर्शन  गर्दै अाएकाे छ। प्रदर्शन  अन्य ठाँउमा पनि गर्ने तायारि रहेकाे छ। प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेपछि अन्य प्रमुख दलले समेम मुलुकभर प्रदर्शन गर्दै आएका छ्न।...