Thursday, April 18
Shadow

Tag: पीएम कप

पीएम कप : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाट बाहिरियो

पीएम कप : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाट बाहिरियो

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, माघ ७ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी कल्बले प्रदेश १ लाई ४ विकेटले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश १ लाई ४ विकेटले हराएपछि प्रदेश १ समूह ‘ए’ र प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । अर्का युवा ब्याट्सम्यान भिम सार्की ६१ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । राजेश पुलामी २७ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । राजेशले जितको लागि तीन रन चाहिँएको अवस्थामा ज्ञानेन्द्र श्रेष्ठलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । योसँगै आर्मी सेमिफाइनलको नजिक पुगेको छ ।...
पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

खेलकुद, समाचार
काठमाण्डौँ, पुष १९ पीएम (प्रधानमन्त्री) कप महिला टी ट्वान्टी क्रिकेट उपाधि प्रदेश १ ले जितेको छ। दाङको लमहीमा सम्पन्न खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिमलाई आठ रनले पराजित गरेको हो। पीएम कप प्रदेश १ ले पहिलोपटक जितेको हो।
पीएम कपमा आज समूह ‘बी’का दुई खेल हुँदै

पीएम कपमा आज समूह ‘बी’का दुई खेल हुँदै

खेलकुद
काठमाडौं, पुस १४ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन् । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछन् । तुलनात्मक रुपमा सुदूरपश्चिम गण्डकी प्रदेशभन्दा बलियो टोली हो । त्यसैले आजको खेल रोमाञ्चक हुने छ । आज नै हुने दोस्रो प्रदेश १ र वागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै २ अंक आफ्नो पक्षमा पार्ने योजनामा हुनेछन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ उपाधि दावेदारको रुपमा हेरिएको छ ।...
पीएम कपमा आज दुई खेल हुँदै , एपीएफलाई समूह विजेता बन्ने मौका

पीएम कपमा आज दुई खेल हुँदै , एपीएफलाई समूह विजेता बन्ने मौका

खेलकुद
काठमाडौं, पुस १३ । महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत आज ९सोमबार० दुई खेल हुँदैछन् । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा जारी खेलमा एपीएफलाई समूह विजेता बन्ने मौका छ । आज समूह ए अन्तर्गत अन्तिम दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश २ सँग खेल्दैछ । दुई टोलीबीचको खेल बिहान ९ बेज सुुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै सुखद विदाईको अपेक्षामा हुनेछन् । यसअघिका दुई खेलमा दुबै टोली पराजित छन् । प्रतियोगितामा कमजोर बनेको कर्णाली प्रदेश क्रिकेट आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने योजनामा रहेको छ । पहिलो खेलमा एपीएफसँग लज्जास्पद हार बेहोरेको कर्णाली दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो । यता प्रदेश २ भने पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित हुन पुगेको थिय...