Wednesday, April 24
Shadow

Tag: दुर्घटना

जीप दुर्घटनामा तीन जनाको मृत्यु

जीप दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना भएको हो । प्यूठान नगरपालिका–१ खैराको पूर्णिमा मेला हेर्न गएका यात्रु बोकी प्यूठान नगरपालिका–५ पातलकटेरीतर्फ गइरहेको लु१ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिनुभयो । उक्त घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिनुभयो । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको ...
ट्र्याक्टर दुर्घटनामा परी चारजनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा परी चारजनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए । ...
सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना  हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा जिप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उहाँका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली रहेका छन् । बाँकेको ढकेरीबाट बिहेभोज खाएर फर्कंदै गरेका जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । जिपमा आठ पुरुष र एक महिला सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसे...
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
भरतपुर , चैत ११ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४:२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा२१च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । दुबैको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका–३ का ४२ वर्षीय प्रसाद थापा र तन...
नवलपुरको कावासोतीमा दुर्घटना, १ जानको मृत्यु

नवलपुरको कावासोतीमा दुर्घटना, १ जानको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना ...
सिन्धुलीमा जिप दुर्घटना , ४ जनाको मृत्यु, ७ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना , ४ जनाको मृत्यु, ७ जना घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
सिन्धुली, चैत ३ । सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका(७ बाँसकटेरी गइरहेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ । मृत्यु हुनेहरुमा कमलामाई – ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षका छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए । उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौँ पठाउन लागिएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।  ...
एकाबिहानै हेटौँडा-नारायणगढ सडकखण्डमा यात्रुबाहक बस र ट्रक दुर्घटनाः ३ जनाको मृत्यु

एकाबिहानै हेटौँडा-नारायणगढ सडकखण्डमा यात्रुबाहक बस र ट्रक दुर्घटनाः ३ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
  मकवानपुर , फागुन २९ । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कले...
बागलुङमा जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु, ५ घाइते

बागलुङमा जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु, ५ घाइते

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
बागलुङ, फागुन २७ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी वडा नम्बर २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ । गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप बिहीबार अपराह्न वडा नम्बर १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ । ट्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्न...
दार्चुलामा जीप दुर्घटना, ३ जनाको मृत्यु, अन्य ४ जना घाइते

दार्चुलामा जीप दुर्घटना, ३ जनाको मृत्यु, अन्य ४ जना घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
दार्चुला, फागुन २२ ।दार्चुलामा जीप दुर्घटना भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका ८ अमोलीबाट लेकम गाउँपालिका ४ रिठाचौपातातर्फ जाँदै गरेको जीप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जीप चालक ३८ वर्षीय करन नाथ, ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त रहेका छन् । १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त , ७२ वर्षीय बुद्धिबल्लभ पन्त र ७० वर्षीया गंगादेवी पन्त घाइते भएका छन् । घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।  ...
नवलपुरको दुम्कौलीमा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

नवलपुरको दुम्कौलीमा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कावासोती ,फागुन १८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको ...