Friday, April 26
Shadow

Tag: दाहाल-नेपाल समूह

दाहाल–नेपाल समूहले ओलीलाई स्पष्टीकरण सोध्ने, विष्णु पौडेललाई कारबाही गर्ने निर्णय

दाहाल–नेपाल समूहले ओलीलाई स्पष्टीकरण सोध्ने, विष्णु पौडेललाई कारबाही गर्ने निर्णय

ब्यानर समाचार, राजनिती
काठमाण्डौ , माघ २ । नेपाल कम्युनिस्ट पार्टी नेकपा) को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जानकारी दिए । यस्तै बैठकले आउँदो माघ १६ गते काठमाण्डौमा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आउँदो तीन दिनभित्रमा पार्टीका रिक्त पदहरूमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरूलाई पनि टुङ्गो लगाउने निर्णय गरेको छ ।...
दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक

दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणका संघर्षका कार्यक्रमका विषयमा बैठकमा छलफल हुनेछ। पार्टी, संगठनमा रिक्त पदपूर्ति र अन्य सांगठनिक विषयमा पनि छलफल र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए। पत्नी सीताको उपचारका लागि भारत पुगेका अध्यक्ष दाहाल फर्केको भोलिपल्ट यो समूहको सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। ओली समूहले  प्रतिनिधि सभा विघटनको बचाउमा कार्यक्रम गरिरहेको छ भने दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी कार्...
दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, पुस १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । सार्वजनिक गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन, पुस २१ गते राजनीतिक पार्टीहरुसँग काठमाडौंलगायत विभिन्न शहरमा अन्तरक्रिया गर्ने लगायत छन् । ...