Wednesday, May 8
Shadow

Tag: डेङ्गु

कर्णालीमा पाँच सय ४१ जना डेङ्गु सङ्क्रमित

कर्णालीमा पाँच सय ४१ जना डेङ्गु सङ्क्रमित

ब्यानर समाचार 2, स्वास्थ्य
डेङ्गु पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । सङ्क्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेङ्गु फैलिन्छ ।कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेङ्गुबाट सङ्क्रमित छन् । यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेङ्गुबाट सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिनुभयो । सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेङ्गु सङ्क्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित छन् । प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपच...
धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि अस्पताल भर्ना

धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि अस्पताल भर्ना

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो । बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिनुभयो । सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन ...
कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ- कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो । “तीन पुरुष र एक महिलामा डेङ्गु देखिएको छ”, उहाँले भन्नुभयो, “पुरुष भारतबाट आएका हुन् भने डेङ्गु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन् ।” दोधारा–चाँदनी भारतसँग सीमा जोडिएको ठाउँ हो । यहाँ आवतजावत बढी हुने भएकाले पनि डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताउनुभयो । “कञ्चनपुर र कैलाली डेङ्गुको ...