Wednesday, April 24
Shadow

Tag: डा. बाबुराम भट्टराई

डा. भट्टराई :  लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन

डा. भट्टराई : लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन

ब्यानर समाचार 2, राजनिती
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताउनुभयो । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको बताउँदै उहाँले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति रहेको बताउनुभयो । अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनर...
डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं , फागुन १० । स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सोमबार चिकित्सकसँग परामर्श गरेका छन् । दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा चिकित्सकको परामर्श लिएपछि मंगलबार अस्पतालमा भर्ना हुने भएका छन् । डा। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनको मंगलबार स्वास्थ्यको थप परीक्षण हुनेछ र अस्पताल भर्ना हुने भएका छन् ।डा। भट्टराई आइतबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ गएका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएकोमा अहिले चिकित्सकहरुले न्युरो९इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन् । उपचारका क्रममा डा। भट्टराईस...
उपचारका लागि दिल्ली जादैँ भट्टराई

उपचारका लागि दिल्ली जादैँ भट्टराई

ब्यानर समाचार 2, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन ९ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको दिल्ली जाँदैछन् । भट्टराई आज नेपाल वायुसेवा निगमको जाहाजबाट दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी थप उपचारका लागि भारत जान लागेका हुन् । काठमाण्डुस्थित निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको थियो । चिकित्सकहरुले न्यूरो इन्डोस्कोक्राइनकोे ट्युमर भएको आशंका गरेपछि थप उपचारका लागि उनलाई दिल्ली रेफर गरेको उनको सचिवालयले जनाएको छ । उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड विलिअरी साइन्समा हुनेछ । उनले दिल्लीमा रहँदा नेपाली दूतावासमा बस्ने सचिवालयले जनाएको छ ।...
संसद विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक : भट्टराई

संसद विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक : भट्टराई

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ५ प्रतिनिधि सभा विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक भएको जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । सोमवार गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजित प्रतिनिधिसभा विघटनः संवैधानिक एवं राजनैनिक अन्यौलता र त्यसको निरूपण विषयक बहस कार्यक्रममा भट्टराईले उक्त भनाई राखेका हुन्। नेपालको संविधान २०७२ जारी गर्दा विवाद निरुपणको अध्यक्ष समेत रहेका थिए डा. भट्टराई । प्रतिनिधि सभा विघटनको विरुद्धको आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गर्नुपर्ने समेत उनले बताएका छन्। आफू बीपी कोइरालाको अनुयायी भएको र गणेशमानलाई सधैं सम्मान गर्ने उल्लेख गर्दै अहिले घोचपेचको समय नभएको जिकिर गरेका छन् । प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व रक्षामन्त्री भिमशेनदास प्रधानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमहामन्...
.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन :  डा. बाबुराम भट्टराई

.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन : डा. बाबुराम भट्टराई

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चुरिफुरी धेरै दिन नटिक्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. भट्टराईले ओली सरकारको चुरिफुरी केहि दिनका लागि मात्रै भएको बताएका छन् । ओलीले संविधानविपरीत प्रनिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो रोजेका कारण सरकारविरुद्ध आन्दोलन शुरु भइसकेकाले ओलीको चुरिफुरी अब धेरै दिन नटिक्ने उनको भनाइ छ ।ओलीले जनतालाई धोका दिएर राजा महेन्द्रको बोटो रोजेको भट्टराईको आरोप छ । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पञ्चायत जस्तो धेरै वर्ष यो सरकार नरहने स्पष्ट पारे । पञ्चायत जस्तो यो सरकार ढाल्न ३० वर्ष नलाग्ने ३० दिन वा तीस हप्ताभित्र फलिसक्ने उनले स्पष्ट पारे। ‘प्रतिगमनकारी सरकार ३० दिनभित्रै नभए ३० हप्ताभित्र फालिसक्छौं,’ भट्टराईले भने । यो सरकार फालेर प...