Wednesday, April 24
Shadow

Tag: ओली

अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १९,काठमाडौं ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एक वर्ष भित्रमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टी सरकारमा जाने दावी गरेका हुन् । अध्यक्ष ओलीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए । धार्मिक सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहो(याएका छन्। अव मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि...
निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ १५ मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरि...
माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु  : ओली

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २१ प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन्। बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन्। ओलीले भने, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।’...
ओलीले गरे चियापान कार्यक्रम आयोजना , नेपाल पक्षलाई पनि निम्तो

ओलीले गरे चियापान कार्यक्रम आयोजना , नेपाल पक्षलाई पनि निम्तो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत २ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम राखिएको हो । प्रधानमन्त्री ओलीको तर्फबाट पठाइएको एसएमएस वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई पनि पुगेको छ । चियापान कार्यक्रममा नेपाल पक्षका सबै नेतालाई डाकिएको हो । ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत सो कार्यक्रममा उपस्थित हुन निम्तो पठाएका हुन् । ओलीले यही चैत ७ एमाले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागी हुने सबै केन्द्रीय सदस्यहरुलाई चियापानको निम्तो दिइएको हो । यसलाई ओली पक्षले चैत ७ को बैठकका लागि पूर्वतयारी र आत्मियता बढाउने माध्यमका रुपमा व्याख्या गरेको छ । तर सर्वोच्चको निर्णयपछि पार्टी २०७५ जेठ २ ...
माधव समूहले गुटगत भेला राखेकोभन्दै ओली समूह सशंकित

माधव समूहले गुटगत भेला राखेकोभन्दै ओली समूह सशंकित

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २७ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको हो । तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाइएको बताएको छ । भेलामा सो समूहले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायनमान बनाउनसमेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर, ओली पक्षले भने बाहिर एक थोक भन्ने तरभित्र अर्कै रणनीति...
नेकपाको ओली पक्षले पनि बोलायो संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि निम्तो

नेकपाको ओली पक्षले पनि बोलायो संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि निम्तो

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका नेकपाका सबै सदस्यलाई उपस्थित हुन निर्देशनसहित संसदीय दलको बैठक बोलाइएको हो। संसद अधिवेशनको अघिल्लो दिन फागुन २२ गते दिउँसो ३ बजे संसद भवन बाँनेश्वरमा उपस्थित हुन निर्देशन दिइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा १ सय ७३ जना संसादलाई अनिर्वाय उपस्थितका लागि निर्देशन दिएको छ।...
आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक स्थगित भएको सूचना आएको नेता सत्यनाराण मण्डलले जानकारी दिए । ‘बैठक स्थगित भएको सूचना आएको छ तर के कारण भन्ने जानकारी नभएको मण्डलले बताए । ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेकपाको ओली समूह सरकार टिकाइरहन वा नयाँ सत्ता समीकरणका लागि के गर्ने भन्ने रणनीति बनाउन लागि परेको छ ।...
अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नु भएको थियो । प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाकाे प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री ओली सर्वोच्च जान लाग्नु भएको छ । प्रधानमन्त्री जाने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि अवहेलनाको मुद्द...
ओली समूहले पनि आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

ओली समूहले पनि आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्ने भएको छ । बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ । भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ। यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो।संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् । उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । यता नेकपाको प्रचण्ड(नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।...