काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ।
प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका नेकपाका सबै सदस्यलाई उपस्थित हुन निर्देशनसहित संसदीय दलको बैठक बोलाइएको हो।
संसद अधिवेशनको अघिल्लो दिन फागुन २२ गते दिउँसो ३ बजे संसद भवन बाँनेश्वरमा उपस्थित हुन निर्देशन दिइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा १ सय ७३ जना संसादलाई अनिर्वाय उपस्थितका लागि निर्देशन दिएको छ।