Thursday, March 28
Shadow

Tag: आगलागी

आगलागी हुँदा  एक करोड मूल्य बराबरको मालसामान  नष्ट

आगलागी हुँदा एक करोड मूल्य बराबरको मालसामान नष्ट

ब्यानर समाचार 2
कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा रु एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा रु १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा रु १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् । यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा रु १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा रु ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा रु ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनुभयो । हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी ...
फर्निचर उद्योगमा आगलागी हुदा  ४५ लाखको क्षति

फर्निचर उद्योगमा आगलागी हुदा ४५ लाखको क्षति

ब्यानर समाचार 2
मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा गए राति आगलागी भएको थियो । आगलागीबाट रु ४५ लाखको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो । उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताउनुभयो । विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको ...
चितवनको युनाइटेड बेभरेजमा आगलागी

चितवनको युनाइटेड बेभरेजमा आगलागी

ब्यानर समाचार 2
  पूर्वी चितवनस्थित रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको बेभरेज प्रालिमा  आज बिहान आगलागी भएको हो । प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम जारी रहेको उहाँले बताउनुभयो । आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ । आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ । ...
मःम पसलमा ग्यास सिलिन्डर पड्किएर आगलागी, ६ जना घाइते

मःम पसलमा ग्यास सिलिन्डर पड्किएर आगलागी, ६ जना घाइते

मुख्य समाचार, समाचार, समाज
भक्तपुर , चैत ९ । सूर्यविनायक नगरपालिका–५, सिर्जनानगरस्थित भीमेश्वर मःम एन्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा, सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४, दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडौं, कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीको सल्लाघारीस्थित डा। ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिए । त्यस्तै, खाजा खान आएका घाइतेमध्ये झापा, विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५, कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने ...
भारतको कोलकातामा भीषण आगलागी, ९ जनाको जलेर मृत्यु

भारतको कोलकातामा भीषण आगलागी, ९ जनाको जलेर मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, फागुन २५ । भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ । भवनको १३औँ तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको एएनआइले जनाएको छ । मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन् । दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।...
आगलागीबाट ४५ लाखबराबरको क्षति

आगलागीबाट ४५ लाखबराबरको क्षति

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन २२ । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।...
ताप्लेजुङ भिषण आगलागी हुँदा ४९ घर जलेर नष्ट, तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

ताप्लेजुङ भिषण आगलागी हुँदा ४९ घर जलेर नष्ट, तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ, फागुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट जलेर नष्ट भएका ४९ घर र त्यहाँ भाडामा बस्ने परिवारलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको छ । आज स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी हुँदा क्षति पुगेको थियो ।ती परिवारलाई तत्कालका लागि नगद रु १५ हजार उपलब्ध गराउने तयारी भएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए । उनका अनुसार आगलागीका कारण भएको प्रारम्भिक क्षतिको विवरण संकलन भएको र थप क्षतिको यकिन विवरण तयार पार्न ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । पीडितलाई आवासका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । विस्थापित परिवारको संख्या ठूलो भएकाले रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग समन्वय गरिएको छ । तत्कालका लागि केहीलाई दोभान बजारकै केही घरहरूमा र केहीलाई आठराई त्रिवेणी...
भारतको तमिलनाडुमा पटाका उद्योगमा आगलागी : १९ जनाको मृत्यु

भारतको तमिलनाडुमा पटाका उद्योगमा आगलागी : १९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १ । भारतको तमिलनाडुमा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए । उनका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो । कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ...
ताप्लेजुङमा आगलागीबाट चार घर जलेर नष्ट

ताप्लेजुङमा आगलागीबाट चार घर जलेर नष्ट

मुख्य समाचार
  ताप्लेजुङ, माघ २० । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् । आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।...
काठमाडौँको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, २३ जनाको उद्धार , केही घाइते

काठमाडौँको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, २३ जनाको उद्धार , केही घाइते

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ५ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत चुहावट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज दिउँसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो । विद्युत चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए । सो क्रममा प्रहरीले २३ जनालाई उद्धार गरेको र केही घाइते रहेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।...