Sunday, April 28
Shadow

Tag: आगलागी

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी : एक जनाको मृत्यु

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी : एक जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन । दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।...
अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २५ । एक अस्पतालमा भीषण आगलागी भएको छ । भारतको महाराष्ट्रस्थित रहेको एक अस्पतालमा भीषण आगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले बताए । युनिटबाट सात शिशुलाई बचाइएको छ ।...
लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा भिषण आगलागी

लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा भिषण आगलागी

मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १८ । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको कालीजङ्ग गण, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दा खटिएको छ । आगलागी भएको स्थान बढी भिरपाखा र झाडी क्षेत्र भएकाले नियन्त्रणको प्रयास निरन्तर भइरहेको बताइएको छ । आगो लगाउने व्यक्तिको खोजी भइरहेको र त्यस्ता व्यक्तिको गोप्य सूचना दिई संरक्षण कार्यमा सहयोग गरिदिन सम्पूर्ण संरक्षणप्रेमीमा निकुञ्जले आग्रह गरेको छ । क्षतिको यथार्थ विवरण भने आउन सकेको छैन ।...