दुई साता नबित्दै पेट्रोलियम पदार्थमा पुनः वृद्धि
कार्तिक २५, काठमाण्डौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ ।
मूल्य वढाएको दुई हप्ता पनि नबित्दै निगमले पुनः पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।
यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । यसअघि कात्तिकमा ग्यासको मूल्य ५० रुपैयाँले बढाइएको थियो।
हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढाएको छ । अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।
वढेको मूल्य आजराति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।...