Sunday, May 19
Shadow

Month: May 2024

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख)को प्रदेश स्तरीय दोस्रो सम्मेलन सम्पन्न

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख)को प्रदेश स्तरीय दोस्रो सम्मेलन सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं - जेठ ६ गते नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख) को प्रदेश स्तरीय दोस्रो सम्मेलन भएको छ । तारकेश्वर १० मा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेस लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेस लेखकले काँग्रेस पार्टीमा सबैका आ–आफ्ना फरक विचारहरुको समूह भएको कारण नै असली लोकतान्त्रीक पार्टी बनेको बताए । लेखकले अर्को एक प्रसङ्गमा सदन अवरोध अन्त्यका लागि सरकारले गृहमन्त्रीको छानविनका लागि संसदीय दल नबनाएसम्म काँग्रेसले अवरोध गरिरहन्छ भनेका थिए । काठमाडौं क्षेत्र नं. ६ (ख) का सभापति विष्णुभक्त तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान, जगदिश नरसिंह केसी, सबुज बानियाँ, श्याम खड्गी, ओमकृष्ण  बिमली लगायतका नेता/कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा क्षेत्र नं. ६ (ख) को...
संसद् बैठक बस्दै, गृहमन्त्री लामिछानेले पाउलान त बोल्न ?

संसद् बैठक बस्दै, गृहमन्त्री लामिछानेले पाउलान त बोल्न ?

मुख्य समाचार, राजनिती
काठमाडौं- आज संसद् बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो । आजको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि बोल्ने कार्यसूची रहेको छ । शुक्रबारको कार्यसूचीमा भने उनले बोल्ने भन्ने तय थिएन । सत्तापक्ष र प्रतिपक्षबीच शनिबार सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएसँगै गृहमन्त्री लामिछानेले पनि संसदमा बोल्ने कार्यसूचीले स्थान पाएको छ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीमा ७ वटा विषय छन् ।...
योग तथा स्वास्थ्य जीवनशैली सम्बन्धि अभिमुखिकरण कार्यक्रम सौनहवामा सम्पन्न

योग तथा स्वास्थ्य जीवनशैली सम्बन्धि अभिमुखिकरण कार्यक्रम सौनहवामा सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, जेष्ठ ५ , स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा दुई दिने नागरिक आरोग्य अभियान अन्तर्गत योग तथा स्वास्थ्य जीवन शैली सम्बंधि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता , कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा प्रमुख अतिथिमा रहेका थिए। वडा नं १० को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ ४ र ५ गते कार्यक्रम संचालन गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले दिर्घकालिन रोग, अन्य विभिन्न प्रकारका रोग नियन्त्रण गर्न जीवनशैली मा सुधार तथा दैनिक योग नितान्त आवश्यक रहेको बताउनुभयो। नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रल...
रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्दो

रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्दो

आर्थिक, मुख्य समाचार
रसुवा- नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ गाडीको सङ्ख्या बढ्न थालेको छ । विद्युतीय कार र केही ठूला तथा मझौला गाडीको आयात बढ्दै गएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ वटा गाडी आयात भएका छन् । तीमध्ये चार हजार छ सय ७९ वटा विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ पर्ने गर्छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको छ । गएको वर्ष यही अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ राजस्व असुली भएको थियो । ...
हज समितिका सदस्य मिर्जा राशिदको अगुवाईमा हजयात्री लाई प्रशिक्षण

हज समितिका सदस्य मिर्जा राशिदको अगुवाईमा हजयात्री लाई प्रशिक्षण

ब्यानर समाचार 2, मुख्य समाचार
  कपिलवस्तु , बैशाख ३१ जिल्लाभित्रका मुस्लिम हजयात्रीहरुलाई पहिलाे पटक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा पहिलाे पटक आयाेजना भएकाे थियाे । नेपाल हज समितिका नवनियुक्त सदस्य मिर्जा राशिद मिर्जा वेगकाे अगुवाईमा जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, कपडा लगाउने र दान पुन्य गर्ने विषयमा प्रशिक्षण गरेका हुन । साउदी अरबमा हजका क्रममा पुग्ने नेपाली हजयात्रीलाई खाने, बस्ने व्यवस्थापन गरिएको हज समितिका सदस्य राशिद मिर्जाले बताउनुभयो । इस्लाम धर्ममा हज जिवनभरिमा एक पटक गर्नै पर्ने कार्य अन्तरगत पर्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गलतीको क्षमायाचना गरे हज पुरा हुने ...
आजदेखि काठमाडौँका यी स्थानमा दैनिक ६ घण्टा विधुत् अवरुद्ध हुने

आजदेखि काठमाडौँका यी स्थानमा दैनिक ६ घण्टा विधुत् अवरुद्ध हुने

टिप्स, मुख्य समाचार, समाज
काठमाडौँ- काठमाडौँको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन आजदेखि झण्डै एक साता अवरुद्ध हुने भएको छ। आज (वैशाख २९) देखि आगामी सोमबार (वैशाख ३१) सम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। त्यसैगरी आगामी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ। प्राधिकरणले सूचना जारी गरेर यो जानकारी दिएको हो। स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडान गर्नको लागि विद्युत् सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ। आजदेखि आगामी सोमबारसम्म काठमाडौँको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाउँ, असनटार, कंकाली, पहेँलो गुम्ब...
प्रेस सेन्टर ककनी गाउँपालिका कमिटि गठन

प्रेस सेन्टर ककनी गाउँपालिका कमिटि गठन

समाचार, समाज
ककनी- प्रेस सेन्टर नेपालको गाउँपालिका स्तरीय प्रथम भेलाले नुवाकोटको ककनी गाउँपालिका अध्यक्षमा दिपेश न्यौपाने चयन भएका छन् । शुक्रवार रानीपौवामा बसेको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । प्रेस सेन्टर नेपालको पालिका स्तारीय कमिटि गठन गर्ने क्रममा शुक्रवार नुवाकोटका अध्यक्ष रामहरि गजुरेलको अध्यक्षतामा बसेको भेलाले न्यौपानेसहित ६ सदस्यीय समिति गठन गरेको हो । कमिटिको सचिवमा पुण्यप्रभा ढुंगाना, कोषध्यक्षमा शंकर नेपाली सदस्यहरुमा सागर ढुंगाना, रमित बलामी र सुस्मिता घिमिरे चयन भएका छन् भने बाकीँ सदस्य कमिटिले आगामी दिनमा चयन गर्ने छ । आयोजित भेलाका प्रमुख अतिथि ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले गाउँपालिकामा गठन भएको कमिटिलाई बधाई दिदैँ गाउँपालिकाले गरेका कामहरुको प्रचारप्रसार लगाएत गाउँपालिका भित्र हुने गतिविधिलाई संचारका माध्ययमका मार्फत आम मानिससम्म पुर्याउन सहयोग गर्ने आश...
ट्राफिक प्रहरी कार्यालय तौलिहवा द्वारा ट्राफिक सचेतना कार्यक्रममा तिब्रता

ट्राफिक प्रहरी कार्यालय तौलिहवा द्वारा ट्राफिक सचेतना कार्यक्रममा तिब्रता

ब्यानर समाचार 2, मुख्य समाचार
-अजय मिश्र  कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिएको छ। ट्राफिक प्रहरी कार्यालय तौलिहवा मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा सो कार्यक्रम लाई निरन्तरता दिइने ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिए। सदरमुकाम बजार क्षेत्र ६ लेन सड्क अवधारणा भई सकेकाले सबैलाई लेन पालनामा सचेत गराइएको, विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत खड्काले बताए। सवारी नियम उलंघन गर्ने सवारी हरु उपर सवारी कार्वाही गरिएको सवारी कार्यवाही विगतमा नगदी रसि...
नेविसंघको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न

नेविसंघको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न

मुख्य समाचार, राजनिती
काठमाडौं- नेविसंघ वाग्मती प्रदेश र तरुण दलको केन्द्रिय सदस्यहरु बिचको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंमा उक्त कार्यक्रमका भएको हो । नेपाली कांग्रेसका युवा नेता एवम् संघीय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा नेविसंघ र तरुण दलमा आवद्ध रहेकाहरुबिचमा वर्तवान परिवेशका बारेमा अन्तरक्रिया एवं छलफल गरिएको कार्यक्रम संयोजक पवन थापाले बताए । उनका अनुसार उक्त कार्यक्रममा नेविसंघ र दरुण दलमा आवद्ध रहेकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ प्रमुख अतिथि पौडेलले दिएका थिए । ...
काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने

काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने

मुख्य समाचार, समाज
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । ...