Thursday, April 23
Shadow

Month: December 2023

काठमाडौँ महानगरभित्र दुई बसपार्क

काठमाडौँ महानगरभित्र दुई बसपार्क

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । एक महानगरभित्र एकमात्र बसपार्क बनाउने कामपाको नीति भएकाले दुई बसपार्क सञ्चालनको स्वीकृति नदिइएको उहाँको भनाइ थियो । मानन्धरका अनुसार विसं २०५६ मा महानगरका तत्कालीन नगर प्रमुख केशव स्थापित र लोत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध...
तारागाउँको शेयर कारोबार स्थगन

तारागाउँको शेयर कारोबार स्थगन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ (१) (ख)मा भएको व्यवस्था अनुरुप २०८० साल मङ्सिर १८ को निर्णायअनुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई...
बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आगामी माघ ११ गते बिहीबार हुँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरुको उपदफा ९१० को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बारे आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ । पुस २० गते मतदाता नामावली प्रकाशन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ । प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधलगायत कार्य सोही दिनबाट प्रारम्भ ...
ककनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा हाजिरीजवाफ प्रतियोगिता

ककनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा हाजिरीजवाफ प्रतियोगिता

ब्यानर समाचार, ब्यानर समाचार 2
नुवाकोट - ककनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता मा सहभागी २० विद्यालय सहभागी भएका थिए । प्रतिस्पर्धामा ककनी गा पा वडा नं २ रहेको शिवालय माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने भावानी मा. बि. दोस्रो र महेन्द्र मा. बि. तेस्रो भएको थियो । उत्त हाजिरीजवाफ प्रतियोगिता भवानी माध्यमिक विद्यालयमा गरिएको थियो ।...
सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन कार्य सुरु

सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन कार्य सुरु

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु, १५ मंसिर । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको नेपाल–भारत सिमा (दशगजा) क्षेत्र कृष्णनगरबाट सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरिएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले शुक्रबार कृष्णनगर नगरपालिका–२ भन्सारको लिङ्कगेट स्थित दशगजामा ५६७/१ नम्बरको सिमा स्तम्भमा मर्मत र रंगरोगन गरि शुभारम्भ गरेका हुन् । सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले लुम्बिनी प्रदेशमा सिमासँग जोडिएका ५ सय ६ सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य गरिने जनाए । उनले सशस्त्र प्रहरीले बिजोर सीमा स्तम्भको मर्मत स...
नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया

नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु, १४ मसिर । कपिलवस्तुकाे शिवराज नगरपालिका-५, चन्द्राैटामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को आयोजनामा हुने भएको छ । देशको वार्तमान राजनितिक संकट र समाधानको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम हुने पार्टीका पश्चिम कपिलवस्तुका सचिव बिनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले मंसिर १५ गते शुक्रबारका दिन सम्बोधन गर्ने पावेलले बताउनु भयो । देशको आर्थिक संकट, राजनितिक परिवेश, बैदेशिक हस्तक्षेप, सामाजिक विकृती, सांस्कृतिक विचलन, प्रकोपबाट प्रभावितहरुको अवस्था बारे अन्तरक्रिया कार्यक्रम हुने नेकपाले जनाएको छ । सो कार्यक्रममा स्थानिय राजनितिक दलका आगुव प्रतिनिधी, विभिन्न विषयका जानकार, उद्योगी, व्यपारी, व्यावसायीको सहभागिता समेत रहनेछ । कार्यक्रम चन्द्रौटामा रहेको व्यापार संघको सभाहलमा शुक्र...