Friday, April 24
Shadow

Month: July 2023

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।  ...
खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं,२९ असार । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गौरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ‘गौरी’ गीतको कोरस आवाजमा  राजन बस्नेत,घनश्यामक्षेत्री,रुपी सिङ्जाली र प्रेमा रानाले साथ दिएका छन् । प्रसाद लामिछानेको शब्द रहेको गीतमा गायक अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारको रहेको गीतलाई मिक्सिङ्ग कुमार रानाले गरेका छन् ।  भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गितको अडियो निर्माण मारुनी रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । गीतलाई शिव दर्शन फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्देशक स्मृति तिमिल्सिना ‘गुरूआमा’को कोरियोग्राफर एवम् निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी, अन्ज...
आजको मौसम: मेघगर्जन / चट्याङ्गसहित भारी वर्षाको सम्भावना

आजको मौसम: मेघगर्जन / चट्याङ्गसहित भारी वर्षाको सम्भावना

ब्यानर समाचार, मुख्य समाचार, मौसम, समाचार
काठमाडौं,२९ असार। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। बागमती,कोशी तथा गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङ्ग सहित भारी वर्षा पनि भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको  छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण...
दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
दैलेख,२९ असार। दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। नौमुले गा.पा ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२९ असार। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ । यस्तो छ कार्यसूची : ...
कञ्चनपुरमा एक महिला बाघको आक्रमणबाट घाइते

कञ्चनपुरमा एक महिला बाघको आक्रमणबाट घाइते

दुर्घटना, मुख्य समाचार, समाचार
कञ्चनपुर,२९ असार। बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी न.पा.का–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिएका छन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । डगौंरालगायत १०/१२ महिलाको समुह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो ।...
काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा

काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
नुवाकोट,२९ असार। काभ्रेपलाञ्चोकबाट सुरु गरिएको राष्ट्रिय कोटिहोम रथयात्रा हिजो साँझ बिहिबार नुवाकोट आईपुगेको छ । प्रत्यक्ष प्रसारणसहित नुवाकोटका प्रमुख स्थानमा रथयात्रा गरिएको हो। नुवाकोटको विदुर नगरपालिकाको सदरमुकाम विदुर, त्रिशुली, कोलेनी, बट्टार, जालापदेवी मन्दिर देवीघाटलगायत स्थानमा रथयात्रा परिक्रमा गरिएको थियो । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा राष्ट्रिय कोटिहोम आयोजना गर्न रथयात्रा सुरु गरिएको जनाएको छ । ॐकारका संस्थापक अरुण पाण्डेका अनुसार राष्ट्रिय धार्मिक साँस्कृतिक महिमा र गरिमालाई संसारभरी फैलाउने उदेश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका वडा नं ११ बल्थलीमा कोटिहोम आयोजना गर्ने उदेश्यले रथयात्रा हुन लागेको हो । रथलाई काभ्रेपलाञ्चोक जिल्लाका सबै मुख...
नेपाल आज पाकिस्तान ‘ए’ सँग खेल्दै

नेपाल आज पाकिस्तान ‘ए’ सँग खेल्दै

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२९ असार। एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ ।
आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार, साहित्य/कला
काठमाडौं,२९ असार। भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज शुक्रवार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावत...
प्रधानमन्त्री दाहाल ३ दिन कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने

प्रधानमन्त्री दाहाल ३ दिन कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम ३ दिन स्थगित गरिएको छ । हिजो बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री दाहाल प्रचण्ड असार ३० गतेसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले समवेदना प्रकट गर्न आउनेहरुसँग प्रधानमन्त्रीले यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने बताए ।...