डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को लोकार्पण
काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोह बीच लोकार्पण गरिएको छ ।
काठमाडौँको मीनभवनस्थित थाहा पुस्तकालयमा नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि नियात्रा कार घनश्याम राजकर्णिकार र अन्य अतिथिहरुद्वारा संयुक्त रुपमा 'मृतसागरमा तैरिँदा’ कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राजकर्णिकारले नियात्रा संग्रहमा २१ वटा निबन्ध रहेको र केही स्वदेशी र केही विदेशी नियात्रा रहेको बताउनु भयो । प्रशासनिक व्यस्तताले पहिले नै साहित्य लेखन गर्न नसकेको उहाँको कृति पढेर थाहा पाइने उहाँले बताउनु भयो । नियात्रा कृतिमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्ण गरेको उहाँले उल्लेख गर्नुभएको थियो ।
स्रष्टा समाजका संरक्षक पवन आलोकले स्रष्टा डा. कडेललाई धेरै पहिलेबाट चिनेको मात्र नभइ सँगै लामो समय क...






