Thursday, April 18
Shadow

न्यायको लागि आन्दोलनमा आन्दोलित पुर्व नेबिसंघ नेता दिपेस थापाको टाउको फुट्यो


  • -इ
  • इ+
२०७९ मंसिर २५ गते तारकेश्वर नगरपालिका – ६ धर्मस्थलि चिसापानी मा टिपरले मोटरसाइकल चालकलाई पहिले ठक्कर दिएर घाइते बनाए पछि घटनास्थल भन्दा बाहिर नजिकै रहेको बालुवा डिपोको बालुवाको थुप्रोमा भेटिन्छ ।
आश्चर्य छ दुर्घटना सडकमा हुन्छ , घाइतेको शरीर सडक भन्दा १५-२० मिटर पारी बालुवा को थुप्रोमा कसरी ! अर्धमृत अबस्थामा पुर्याइएको घाइतेलाइ फेला पारी अस्पतालमा पुर्याउदा मृत्यु भयो । २३ बर्षे मृतकको नाम थियो सविन फुयाल ।
सबिन स्नातक गर्दै गरेका विद्यार्थी थिए । यसरी घटना भएपछि घाइतेलाई छिटोभन्दा छिटो उपचारका लागि अस्पताल लानु पर्नेमा नजिकैको बालुवा डिपोमा टिपर किन लुकाएर राखिन्छ ! र सबारिधनी सुरुमा केही समय घटनास्थलमा उपस्थित हुन्छन् ,जब लुकाइएको सबारिसाधन डिपोबाट निस्कन्छन अनि फारार हुन्छन् । एकदिन दिनभर परिवारका आफन्त र जनता आन्दोलन गर्छन सावारी चालक र टिपर मालिक खोइ भनेर त्यसैक्रममा आवेसमा आएका हरु बाट तिनपिप्लेमा नाराबाजी हुन्छ प्रहरीको मोटरसाइकल जल्छ , प्रहरीको टिनको बिट भत्कन्छ। त्यसपछि समातिन्छन टिपर मालिक ।
Open photo
मालिकले नक्कली ड्राइभर खाडा गरेर घटनालाइ मोड्न खोजेपछि अब न्याय मर्छ कि भनेर नेपाल विद्यार्थी संघले शान्तिपूर्ण नाराबाजी गर्छ तिनपिप्ले चोकमा र बालाजु प्रहरी बृतमा । बृतमा नेबिसंघका नेता दिपेस थापाको टाउको फुट्ने गरि हिर्काइन्छ नियन्त्रणमा लिएर प्रहरी कार्यालय परिसरमा लगेपछि । आखिर न्याय माग्दा किन टाउको फुट्नुपर्यो ! आजसम्म ड्राइभरको उपस्थिति किन भएन स्वभाविक दुर्घटना थियो भने ! किन नक्कली ड्राइभर खडा गरिन्छ ! यस्ता हर्कत भैरहदा कतै न्याय त मर्दैन भनेर जनताले र विद्यार्थीको हित गर्ने संस्थाले न्यायको माग गर्दा किन टाउको फुट्यो ! राज्यलाई नै अपराधी नछुटोस भनेर आन्दोलन भएको हो यस्तोमा टाउकोनै फुटाउनु पर्ने हुन्छ र !
Open photo
केन्द्रिय सरकारले कैदिबन्दी छुटाउने अध्यादेश ल्याइएको समयमा जनता सशंकित भैरहेका छन ।यस्तो अबस्थामा स्थानीय अनुसन्धानमा कतै कमि हुन्छ कि भनेर जनता सशंकित हुनु अस्वभाविक होला र ! आज सम्म जे जस्तो भए पनि अपराधी नछुटोस , मृतक र मृत्युकको परिवारले न्याय पाओस भन्नुहुन्छ नेबिसंघका पुर्व नेताहरु सुशील भट्ट ,परोपकार अधिकारी आन्दोलनका घाइते दिपेस थापा र तानपा -३ का पुर्व वडा अध्यक्ष मनहरी तिवारी । न्यायमा र अनुसन्धानमा कमि आउन नदिन हामी चनाखो भैरहनेछौ भन्नुहुन्छ सुशील भट्ट , परोपकार अधिकारी,मनोहरी तिवारी लगाएतका नेताकार्यकर्ता हरु ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares