Thursday, April 25
Shadow

अध्यक्ष ओलीलाई सर्वाधिक मत ल्याएकोमा सम्मान


  • -इ
  • इ+

नेकपा एमालेले मंसिरको आम निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारमध्ये लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको छ । मंगलबार नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई सर्वाधिक मत ल्याएको भन्दै सम्मानित गरिएको हो ।

अध्यक्ष ओली झापा ५ बाट ५२ हजार ३१९ मत ल्याउँदै निर्वाचित भएका थिए । कमलादीमा भएको कार्यक्रममा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गरेका हुन् ।

ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

सम्मानित हुने जिल्ला अध्यक्षहरुमा अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल, पर्वतका राजु पौडेल, धनकुटाका इन्द्रमणी पराजुली र सोलुखुम्बुका डुफ कुमार बास्तोला छन् ।सो क्रममा धनकुटा, अर्घाखाची, पर्वत र सोलुखुम्बु एमाले जिल्ला अध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares