Wednesday, April 24
Shadow

ट्रान्सपरेन्सी नेपालले तारकेश्वर -५ मा गुनासो संकलन गर्‍यो ।


  • -इ
  • इ+
तारकेश्वर नगरपालिकाको ५ नम्बर वडामा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सामाजिक जवाफदेहीता र सदाचारका लागि नागरिकको लिखित गुनासो/सुझाव सहित सार्वजनिक सुनुवाइ गरेको थियो ।उक्त कार्यक्रमको संचालन ट्रान्सपरेन्सि नेपालका प्रतिनिधि विनोद भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शम्भु फुयालले गर्नुभएको थियो ।
 
उक्त कार्यक्रमको प्रमुख अतिथिमा तारकेश्वर नगर उपप्रमुख सिर्जना बुर्लाकोटी , विषेश अतिथी प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे अतिथिमा वडा अध्यक्ष शम्भु फुयाल अतिथि हरुमा वडा सदस्य जयराम अर्याल ,सावित्री गुइदेल,रामकुमारी दाहाल ,अनन्तमणि आचार्य वडा सचिव संगिता शर्मा ,स्वस्थ्य प्रतिनिधि सुनिल फुयाल, समाजसेवी दामोदर अर्याल, जेष्ठ नागरिक संस्थाको प्रतिनिधि राजाराम लामिछाने हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा वडाका बासिन्दा ले खानेपानीको समस्या , सडकको समस्या ,सडक बत्ति को समस्या , स्वास्थमा थप सेवाका लागि प्रविधि ,पर्यावरणको रक्षा , सार्वजनिक जग्गा र सरकारी जग्गाको संरक्षण , शिक्षण संस्थाको समस्या , ढलको समस्या , छाडिएका कुकुरहरूको समस्या ,  तालिमहरु उपलब्धी बिहिन भएको बिषयमा सुझाव /गुनासो हरु आएका थिए भने वडा बाट हुने सिफारिस लगाएतका कामको राम्रो मुल्यांकन भएको थियो भने एक जनाले प्रशासनिक काममा सेवाग्राही लाई अझ ब्यबस्थित गर्न टोकन मेसिन वडामा राख्न सुझाव दिनुभएको थियो ।
सम्बन्धित बिषयमा नगर उपप्रमुख सिर्जना बुर्लाकोटी ,प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे वडा अध्यक्ष शम्भु फुयालले गुनासोको सम्बोधन गर्नुभएको थियो ।
अतिथिहरुले सम्बोधनमा समस्याहरुलाइ गम्भीरता पुर्वक लिएको र आगामी बर्षमा गुनासो लाई सम्बोधन गर्दै लाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रम संचालक भट्टराईले नागरिकको को गुनासो लिखित रुपमा नगरपालिका र उठेका गुनासोको संबंधित कार्यालय हरुमा पठाउने र जाचबुझ पनि गरिरहनेछ हाम्रो संस्थाले भन्नुभयो ।
कार्यक्रमको समापन गर्नु अघि कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष शम्भु फुयालले भन्नुभयो तपाइहरुको सुझावलाई शिरोधार्य गर्दै म वडाको बिकास र वडाबासिको सेवामा निरन्तर जुट्नेछु भन्ने भनाइ सहित उठेका गुनासोको सम्बोधन गर्दै कार्यक्रमको अन्त्य गर्नुभयो ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares