Thursday, April 25
Shadow

Month: December 2021

उद्योग विकास शाखाको आयोजनामा ५ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

उद्योग विकास शाखाको आयोजनामा ५ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

आर्थिक, समाचार, समाज, स्थानिय तह
पौष १६,काठमाडौं नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मैरीटारमा ५ दिने व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको छ । विदुर नगरपालिकाको उद्योग विकास शाखाको आयोजना तथा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मैरीटारको आयोजनामा भएको तालिममा १५ जना कृषकहरुको सहभागीता रहेको थियो ।तालिममा सहभागीहरुलाई खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाह गर्ने तरिका, बिरामी बाख्राको हेरचाह कसरी गर्ने बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसी बनाउने तरिका, लगायतका विषयमा सिकाईएको संस्थामा प्रतिनिधि प्रदिपकुमार भट्टले जानकारी दिए । तालिममा सहभागिहरुलाई नगरपालिकाका पशु तथा भेटेनरी शाखाका प्रमुख डा। सनम मर्हजन, प्राविधिक रामेश्वर प्याकुरेल, बिष्णुप्रसाद रिजालले प्रशिक्षण दिएका थि...
बत्ती जाने र भोल्टेज कम हुने समस्या किन ?

बत्ती जाने र भोल्टेज कम हुने समस्या किन ?

टिप्स, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष १५ तपाईं बसेको ठाउँमा झ्याप्प बिजुली आउने–जाने भइरहेको छ ? कतै कम भोल्टेज भएर काम रोकिएको पनि होला । केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा यसरी विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका केही भागमा बत्ती जाने मात्र नभई कतिपय स्थानमा भोल्टेज कम हुने समस्या पनि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले अत्यधिक माग भएर वितरण प्रणालीमा समस्या भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको बताए ।...
चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

जिवनसैली, टिप्स, मुख्य समाचार, मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १५ बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।...
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

मुख्य समाचार, राजनिती, समाचार
१२ पुष,काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो। बन्दसत्र संचालनका लागि माओवादीले अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पुर्णाकुमारी सुवेदी र रुपा श्रेष्ठ समावेश छन्। नारायणकाजी श्रेष्ठको प्रस्तावमा ७ जना सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको हो। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ। यस्तै, विधानलगायतका अन्य प्रतिवेदन समेत बन्दसत्रमा पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्।...
फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

भिडियाे, मनोरञ्जन, समाचार
काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ । नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङकको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियो लिङ्क : https://www.youtube.com/watch?v=lP37GcUTlr4...
ट्राफिक प्रहरीलाई खुसिको खबर फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

ट्राफिक प्रहरीलाई खुसिको खबर फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

आर्थिक, टिप्स, ब्यानर समाचार 2, समाचार
लक्ष्मण श्रेष्ठ/पौष ९,काठमाडौं  काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो । तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै अतिरिक्त भत्ता पनि पाउनेछन् । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको प्रस्तावमा अर्थमन्त्रीले तोक लगाएको भन्ने जानकारी प्राप्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । अर्थबाट बजेट स्वीकृत भएपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मकाले तलबको ४० प्रतिशत, असई र सईले २० प्रतिशत, प्रहरी निरीक्षक र डीएसपीले १० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् ।  ...
माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ । त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो । कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताए । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले बताए । माओवादीको नेतृत्व र लाइनहरु ठिक छ भन्दै समाहित भएको उनले बताए । ...
काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

टिप्स, ब्यानर समाचार, ब्लोअप, शिक्षा, समाज
  लक्ष्मण श्रेष्ठ पौष ९,काठमाडौं । काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए ‘त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। स्वयम्भूको स्तूप काठमाडौँमा अवस्थित छ। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाईन्छ। नेवारीबाट स्येँको अर्थ स्वय...
यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ । सभापतिमा पुन शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले नेतृत्व गरेको केन्द्रीय कार्य समिति यस्तो रहेको छ । १४ औं महाधिवेशन बाट निर्वाचित नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको नामावली: पदाधिकारी (१३ जना) सभापति – शेरबहादुर देउवा उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी । केन्द्रीय सदस्यहरू :- खुलातर्फ (३५ जना) – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, ग...
अब क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए कारबाही गरिने (सुचनासहित)

अब क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए कारबाही गरिने (सुचनासहित)

शिक्षा, समाचार, समाज
खगेन्द्र अबस्थि/कैलाली कैलालीको एक क्याम्पसले परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाएको छ । विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पस सुखडले यस्तो निर्णय गरेको हो ।