Thursday, April 18
Shadow

बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, वैशाख २१
बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चालकसहित ५ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) योगेन्द्रसिंह थापाले बताए ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी छन् । जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको पनि मृत्यु भएको छ ।

चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares