Saturday, April 25
Shadow

Month: January 2021

मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

अन्तर्राष्ट्रिय, अपराध
काठमाडौं, पुस २४ । भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए । ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो । बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो । बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका दुई साथीलाई पक्राउ गरिसकेको छ । एजेन्सी...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २४ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ । गएको २४ घण्टामा १४ हजारभन्दा बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १९ लाख ५ हजार नाघेको वल्डोमिटरले जनाएको छ । गएको २४ घण्टामा यो खबर तयार पार्दासम्म ७ लाख ९५ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमण पुष्टि हुनेको संख्या ८ करोड ४ लाख नाघेको छ । जसमध्ये ६ करोड ३५ लाख निको भएका छन् भने १९ लाख ५ हजारको मृत्यु भएको हो । अझै पनि २ करोड २९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ ।...
प्रधानमन्त्री ओली आज धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओली आज धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस २४ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ(आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् । ‘दाहाल-नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदै छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् ।प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर निस्किएका ओलीले पार्टीको संस्थापन र आधिकारिक पक्ष आफूहरू रहेको सन्देश दिनेछन् । करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावर...
अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा पर्नेछन् किनभने उनले आफैमाथि पनि कारण देखाऊ आदेश जारी गर्नुपर्नेछ । निवेदकमध्येका एक अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदनमा संवैधाकि परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र सदस्य रहेका प्रधानन्यायाधीशलाई पनि विपक्षी बनाइएको छ । यस अर्थमा शुक्रबार इजलासमा पेस हुने मुद्दा प्रधानन्यायाधीश जबराविरुद्ध समेत हो । आफूविरुद्धको मुद्दा आफैले हेर्न हुँदैन भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो । त्यसैले प्रधानन्यायाधीश जबराले स्वयम् उक्त इजलासको न...
नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा

नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनितिक रुपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरु जुटाउने कसरतमा छन् र रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपाका नेताहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निक्र्योल निकालेको छ । चिनियाँ अधिकारीहरु झेकुन लाई, योङलिन झु र डोङ्मे हुङ विवाद मिलाउन काठमाडौं आएर कसरतमा जुटेका हुन् । उनीहरु डिसेम्बर २६ मा यहाँ आएका हुन् । अध्यागमन स्रोतका अनुसार झेकुन इसी ८००९१०४ नम्बरको पासपोर्ट, योङलिन इसी ४५११२०० नम्बरको पासपोर्ट र डोङ्मे ९९४४५१३६ नम्बरको पासपोर्टमा नेपाल आएका हुन् । उनीहरु कुटनीतिक राहदानीको सट्टा सामान्यमा आएका थिए । यसअघि आएको टोलीले पनि नेकपालाई मिल्न सुझाव दिएर फर्केको थियो । तीन सदस्यीय चिनियाँ अधिकारीहरुको टोली आएको केही सातापछि नेपालका लागि चिनियँ राजदूत होउ यान्छीले नेकपाका प्रमुख नेताहरुसँग अनौपचार...
नेपालको पासपोर्ट कमजोरको सुचीमा, कुन देशको सबैभन्दा उत्कृष्ट ?

नेपालको पासपोर्ट कमजोरको सुचीमा, कुन देशको सबैभन्दा उत्कृष्ट ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपालको पासपोर्ट, सन् २०२१ मा विश्वको सबैभन्दा खराब पासपोर्टको सुचीमा १०४ औं स्थानमा परेको छ । केवल ३८ देशमा यात्रा अनुमति भएको नेपाल र लिबिया, विश्वको सबै भन्दा कमजोर पासपोर्टको सुचीमा १०४औं स्थानमा रहेका छन् । कोरोना महामारीको कारण अहिले विमानस्थलमा गएर आफ्नो इच्छा भएको र जानुपर्ने राष्ट्रमा जाने, एयरपोर्टमा वरपर हिड्ने, पासपोर्ट देखाउने र विमानमा यात्रा गर्ने सम्झना मात्र भएको छ । यसलाई ठिक हुन करिब एक दशक नै लाग्ने जस्तो देखिन्छ । विश्वका कतिपय राष्ट्रहरु अहिले पुन लकडाउनमा गएका छन् भने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । हेन्ली पासपोर्ट इन्डेक्सको अनुसार, विश्वमा सबै भन्दा धेरै यात्रा गर्न सजिलो र उत्कृष्ट पासपोर्ट जापानको रहेको छ । एशियाली मुलुकका नागरिकहरु संग यात्राको निकै शक्तिशाली कागजपत्र हुने गर्दछ । जापानलाई विश्वका कतिपय राष्ट्रहरुले निशुल्क भिसा र वि...
प्रतिनिधिसभा विघटन: नेकपाका दुवै पक्षलाई कारण खुलाई विवरण पेस गर्न सात दिने म्याद

प्रतिनिधिसभा विघटन: नेकपाका दुवै पक्षलाई कारण खुलाई विवरण पेस गर्न सात दिने म्याद

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २४ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले आफू नै संस्थापन पक्ष भएको दाबी गर्दै आएका छन्। तर ऐनले तोकेको प्रक्रियाअनुसार दुवै पक्षले दाबी पेस नगरेपछि आयोगले बिहीबार दुवै पक्षलाई पत्राचार गरेर सात दिनको समय दिएको हो। नेकपा विभाजनको अपसजबाट बच्न दुवै पक्षले रितपूर्वक मागदाबी नगरेका कारण आधिकारिकता विवाद टुंग्याउन कठिन भएपछि आयोगले पुनः पत्र काटेको हो। ‘नेकपा विवादमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ उपनियम ४ बमोजिम विवादका दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन पेस गर्न सात दिनको म्याद दिएर पत्र पठाउने निर्णय भएको छ,’ आयोगका प्रवक्...
ट्रम्पको चर्को आलोचना, तत्काल राष्ट्रपतिबाट हटाउन माग, महाअभियोग लगाउन सकिने चेतावनी

ट्रम्पको चर्को आलोचना, तत्काल राष्ट्रपतिबाट हटाउन माग, महाअभियोग लगाउन सकिने चेतावनी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस २४ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसदमा हमला गरेपछि दुवै सदनका विपक्षीहरूले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन्।सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी छन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन् ।ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन्।सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताए । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ । तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो।उनले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरे। उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा...
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला त तीन दिनको मौसम ?

पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला त तीन दिनको मौसम ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, पुस २४ । पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ । अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका भू(भागमा हुस्सु लागिरहेको र दिउँसो क्रमिकरूपमा खुल्दै जाने महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान पौष २४ गते (शुक्रबार) दिउँसो : प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति :  प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ । पौष २५ गते (शनिबार) दिउँसो : प्रदेश १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक  देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम साम...
चिसोले सतायो ? अब खानुस् यस्ता खानेकुरा

चिसोले सतायो ? अब खानुस् यस्ता खानेकुरा

जिवनसैली, टिप्स
काठमाडौं, पुस २३ । यतिवेला देशभरको मौसम बदलि भएको छ । चिसो ह्वात्तै बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । सँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ भने वायु अत्यधिक प्रदूषित बनेको छ । यही साता काठमाडौंको वायु प्रदूषणको तह विश्वमै नम्बर एकमा पुग्यो । कोरोनाभाइरसको महामारीमा वायु प्रदूषण अनि चिसोले जनस्वास्थ्यमा गम्भिर असर पुर्याउन सक्ने भन्दै चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् । अहिले काठमाडौं उपत्यकामा एकाएक वायु प्रदूषण ह्वात्तै बढेसँगै चिकित्सकहरुले आगो नताप्न र धुवा धुलोबाट बच्न सचेत गराएका छन् । चिसोबाट बच्न हामी आगो ताप्ने, हिटर ताप्ने गर्छौ । तर, यो स्वास्थ्यको हिसावले लाभदायक मानिँदैन । हामीले खानपानमा विशेष ध्यान दिने हो भने चिसोबाट सजिलै बच्न सकिन्छ । चिसो मौसममा पाइने हाम्रो घर वरीपरीका कृषि उपज र हाम्रो भान्सामा पाइने कत...