Saturday, April 20
Shadow

चिसोले सतायो ? अब खानुस् यस्ता खानेकुरा


  • -इ
  • इ+

काठमाडौं, पुस २३ । यतिवेला देशभरको मौसम बदलि भएको छ । चिसो ह्वात्तै बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । सँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ भने वायु अत्यधिक प्रदूषित बनेको छ ।

यही साता काठमाडौंको वायु प्रदूषणको तह विश्वमै नम्बर एकमा पुग्यो । कोरोनाभाइरसको महामारीमा वायु प्रदूषण अनि चिसोले जनस्वास्थ्यमा गम्भिर असर पुर्याउन सक्ने भन्दै चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् । अहिले काठमाडौं उपत्यकामा एकाएक वायु प्रदूषण ह्वात्तै बढेसँगै चिकित्सकहरुले आगो नताप्न र धुवा धुलोबाट बच्न सचेत गराएका छन् । चिसोबाट बच्न हामी आगो ताप्ने, हिटर ताप्ने गर्छौ । तर, यो स्वास्थ्यको हिसावले लाभदायक मानिँदैन ।

हामीले खानपानमा विशेष ध्यान दिने हो भने चिसोबाट सजिलै बच्न सकिन्छ । चिसो मौसममा पाइने हाम्रो घर वरीपरीका कृषि उपज र हाम्रो भान्सामा पाइने कतिपय चिजले शरिरलाई भित्रैबाट तताउने र चिसोबाट बचाउने काम गर्छ भन्ने बारे हामी अनभिज्ञ छौं । यस्ता खानेकुराले चिसोमा हाम्रो शरीरलाई तताउने मात्रै होइन शारीरिक रुपमा ताजगी ल्याउन र स्फूर्ति बढाउन पनि मद्दत गर्दछ ।

जौको च्याख्लाःनेपालीहरुले सामान्यतया खाने भनेको चामलको भात हो । भात आफैमा चिसो हुने भएकाले धेरै भात खाँदा शरीर झनै चिसो हुन जान्छ । त्यसैले जौको च्याख्ला चिसो मौसमका लागि निकै लाभदायक मानिन्छ । चिसो मौसममा जौ, फाँपर र गौको च्याख्ला बनाएर खान सकिन्छ । यसले शरीरलाई न्यानो बनाइराख्न मद्दत त गर्छ नै यी खाना निकै स्वास्थ्यकर पनि हुन्छन् ।

गहतःगहतलाई नेपाली समाजमा अलि हेयको दृष्टिकोणबाट हेरिन्छ । तर गहतका धेरै फाइदाहरु छन् । शरीरलाई भित्रैबाट तताउने अचुक उपाय भनेको गहतको सेवन हो । गहतले हाम्रो शरीरमा भएका स्टोनलाई पनि फुटाउने काम गर्छ ।

सखरखण्डः सखरखण्ड जाडो मौसममा बजारमा सजिलै पाइन्छ । सखरखण्डले हाम्रो शरीरलाई तताउने र तागत दिने काम गर्छ । सखरखण्डको नियमित सेवनले चिसोमा निकै फाइदा पुर्याउँछ । सखरखण्डमा आइरन, फोलेट, क्यालोरी, म्याग्नेसियम, कपर, भिटामिनलगायत प्रशस्त मात्रामा पोषक तत्वहरु पाइने भएकाले यो सवै उमेर समूहका व्यक्तिका लागि लाभदायक मानिन्छ ।

त्यसैगरी, माघे संक्रान्तिमा खाइने घिउ, चाकु र तिलको लड्डु एकदिन मात्र होइन कि चिसो मौसममा दैनिक सेवन गर्नेगर्दा यसले शरीरमा ताजगी ल्याउनुका साथै भित्रैबाट शरीरलाई न्यायो बनाइराख्न मद्दत गर्दछ ।

अदुवा चियाः नेपालीहरुको मनपर्ने चियामा पर्छ दुध चिया । दुध राखेको चियाको सेवन धेरै गर्दा पेटको समस्या निम्तिने सम्भावना बढी हुन्छ । त्यसैले चिसो मौसममा स्वास्थ्यको हिसावले अदुवा चिया निकै लाभदायक मानिन्छ । अदुवा चियामा मह मिसाएर सेवन गर्ने गर्दा यसले शरीरलाई भित्रैदेखि तताउने मात्रै होइन ताजगी पनि प्रदान गर्छ । चिसोमा अदुवा चियाले घरेलु औषधिको रुपमा काम गर्छ । पाँच ग्राम अदुवामा दुई चम्चा मह मिसाएर दिनको तीन चार पटक सेवन गर्दा निकै लाभदायक मानिन्छ । तर ख्याल गर्नुपर्ने कुरा मधुमेहका विरामीले महको सेवन गर्नु उचित हुँदैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares