Saturday, April 20
Shadow

कमला घिमिरे र अमृत सापकोटाको तेश्रो गीत “बनमा तरुल” गितले चर्चा बटुल्दै


  • -इ
  • इ+


महेन्द्र अधिकारी, ललितपुर, माघ ४
नेपाली लोक दोहोरी क्षेत्रबाट सबैको मन मुटुमा बसेका चर्चित गायक अमृत सापकोटा र कमला घिमिरेको तेश्रो बहुप्रतिक्षित लोकदोहोरी गीत’बनमा तरुल’ बोलको गित बजारमा आएको छ । लामो समय देखि अमृत दोहोरी क्षेत्रमा क्रियासिल थिए बिचमा कमला घिमिरेको इन्ट्री संगै उनको सफलता झन् माथि पुगेको हो। अमृत सापकोटालाई कमला घिमिरेको निकै साथ् रहयो जसको फल उनले चिया छानेको गीतबाट पनि पाएका हुन्। चिया छानेको गीतले २ करोड दर्शकको नजिक रहेको छ।

“ बनमा तरुल ” गीतमा लय भने लोकप्रिय सर्जक खेम सेन्चुरीको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ। सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडल गौरब पहाडी र रियासा दाहालको दमदार अभिनय देख्न सकीन्छ । “ बनमा तरुल ” गीतको भिडियोलाई अमृत सापकोटा को आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीत भित्र निकै मौलिकता जोडिएको छ । गाउँ पाखामा गुन्जिने भाकाको मिश्रण रहेको उक्त गीतले चर्चा पाउने पक्का देखिएको छ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares