Saturday, May 23
Shadow

Month: December 2020

पछिल्लो २४ घण्टामा ७४२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७४२ संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाणडौँ, पुष ६ पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ। आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।...
देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

मुख्य समाचार, राजनिती
काठमाणडौँ, पुष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन शुरू गरेका छन् । प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपछिको परिस्थितिबारे प्रधानमन्त्रीले जानकारी गराउन लागेका हुन् । आइतवार सरकारले प्रतिनिधि सभा विघटन गरी २०७८ वैशाखमा आम निर्वाचन गर्ने घोषणा गरेको थियो । हेर्नुहोस्, लाइभ : https://www.facebook.com/watch/live/?v=384932492609915&ref=external   ...
संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, पुष ६ संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ८ वटा रिट पेश भएका छन्। सर्वोच्चमा आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा पेश भएको छ। आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए। सोमबार पनि रिट पेश गर्नेक्रम जारी रहेको बताइएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसका विरुद्धमा अदालतमा यति ठूलो संख्यामा रिट परेका हुन्। संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै संविधानविद्हरुले असंवैधानिक कदम बताएका छन्। उनीहरुले ओलीको यो निर्णयलाई संविधानमाथि 'कू' को संज्ञा दिएका छन्।...
फेरी पनि घेराबन्दीमा पार्ने काम गरियो : प्रधानमन्त्री ओली

फेरी पनि घेराबन्दीमा पार्ने काम गरियो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राम्रो काम गर्न खोजेकै बेला आफूलाई घेराबन्दीमा पार्ने काम गरिएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिलो सरकारको पालामा पनि आफूलाई यसैगरी घेराबन्दीमा पारिएको बताएका थिए । अहिले पनि घेराबन्दीमा पारिएको उनको टिप्पणी थियो ।...
प्रम ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

प्रम ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, पुष ६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी, राष्ट्र र जनता विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पार्नुभएको छ। उहाँले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि अनुरोध गरेका छन् । यस्तै प्रचण्डले पार्टी एकतावद्ध रहेको पनि स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो बताउनुभएको हो । प्रेस वक्तव्य: ...
टिकटक बनाउँदा पुलबाट खसेका दाङका युवकको मृत्यु

टिकटक बनाउँदा पुलबाट खसेका दाङका युवकको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष ६ दाङका एक युवकले स्टन्ट गरेर टिकटक बनाउँदा उनको मृत्यु भएको छ । उनी केही दिनअघि झोलुङ्गे पुलबाट खसेका थिए । दाङ तुलसीपुर १९ का २४ वर्षका रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो । उनको सोमबार विहान साढे ७ बजे मृत्यु भएको हो । शनिबार दिउँसो उनी पुरन्धारा नजिकै बबई नदीको झोलुङ्गे पुलमा स्टन्ट गरेर टिकटक बनाउँदै थिए । त्यसपछि उनी गम्भीर घाइते भएका थिए । उनी झोलुङ्गे पुलको तारमा झुन्डिएर टिकटक बनाउँदा झन्डै २० मिटर तल बगरमा खसेका थिए ।...
कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ६ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। बैठक आज अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा संसदमा सहभागी दललाई बोलायएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठक पार्टी कार्यालयमा बस्नेगरी अपरान्ह ४ बजेलाई बोलाइएको बताए । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे स‌ंसदमा रहेका दलहरुसँग छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले हिजो पनि छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्। आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संघीय संसदको...
सात मन्त्रीले दिए राजिनामा

सात मन्त्रीले दिए राजिनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ संसद विघटन प्रति असन्तुष्टि जनाउदैँ एकै साथ सात मन्त्रीले  राजिनामा दिएका छन् । आईतवार एक विज्ञप्ति जारी गर्दै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाल, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगरले राजिनामा दिएका छन् । ...
आज ५८८ जना कोरोना संक्रमित थपिए

आज ५८८ जना कोरोना संक्रमित थपिए

मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ५ नेपालमा कोरोना भाइरसका आज ५ सय ८८ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १ हजार ९७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४३ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।...
रक्सौल-काठमाण्डौ रेल मार्गको अझैँ टुङ्गो लागेन

रक्सौल-काठमाण्डौ रेल मार्गको अझैँ टुङ्गो लागेन

आर्थिक, मुख्य समाचार
ललित संज्याल-काठमाण्डौँ, पुष ५ भारतको रक्सौल देखि काठमाण्डौ सम्म बन्न लागेको रेल मार्गको सम्झौता २ बर्ष अगाडि भएको थियो । त्यसको प्रतिबेदन डि पि आर अझै तयार हुन सकेको छैन । भारतले डि पि आर बनाउन प्रस्ताप गरेको ४ महिना पछि उक्त पत्रमा यो महिना भित्र हस्ताक्षर गरिने भनिएता पनि कुन प्रविधि अपनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । भारतले आफ्नै लगानिमा बनाउन लागेको उक्त रेलमार्गको लम्बाई १३६ किलो मिटर रहेको छ । त्यसमा पनि ४२ किलोमिटर शुरुङ मार्ग बनाइने भनिएको छ । रेलमार्गको अध्यान भने अहिले सम्म गरिएको छैन । भौतिक, पूर्वाधार तथा यातायत मन्त्रालयका अनुसार, भारतले रोडगेज प्रविधि अनुसार बनाउने चाहाना गरेको छ । भारतको आफ्नै प्रविधि भएकाले उस्को चाहना अनुरुप चल्नु पर्ने भएको छ । स्टयान्डरगेजको जस्तो गतिमा रेललाई गुडाउन भने मिल्दैन । किन भने रोडगेज रेलको लिगको लम्बाई ५ ५ फिटको दुरीमा हुन्छ । स...