Tuesday, May 12
Shadow

स्थानिय तह

रिहा गर्न सर्कुलर गरेको भए पनि अझै जेलबाट छुटेनन् विप्लवका कार्यकर्ता

रिहा गर्न सर्कुलर गरेको भए पनि अझै जेलबाट छुटेनन् विप्लवका कार्यकर्ता

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागनु २८ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले यस समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा थिए । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् । खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए ।...
नेपालगन्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण गरिने

नेपालगन्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण गरिने

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , फागुन २५ । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिए । करिब रु साढे तीन करोड लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमूूना पम्पका रुपमा रहेको छ । निगमले आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अटोमेशनसहित अत्याधुनिक पम्म निर्माण गर्न लागेको हो । पम्पमा दुई वटा डिजेल र ३ वटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन राखिने छ । पम्पमा ओपनिङ स्कट, क्लोजिङ स्टक, बिक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाटै हेर्न सकिने छ । पम्प सौर्...
चार सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

चार सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , फागनु २५ । दैलेखकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । दुई छोरी १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछाममा भेटिएको छ। अन्य बेपत्ता छन् । आमा सुकीसँगै १० वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । उनीहरुको खोजी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए । यता स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको वास्तविकता अनुसन्धान भइरहेको जनाएको छ ।...
बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या

बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बारा, फागनु २५ । बाराको निजगढमा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । निजगढ नगरपालिका वडा नं।९ बजार स्थित एक घरमा करिब १८ वर्षिय युवकको घाँटी रेटी हत्या भएको हो । काले भनिने रोहित शर्माको घर मैं गए राती घाँटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जनाएका छन् । घटना बारे थप बिवरण आउँन बाँकी छ । घर मैं एक्लै रहेको अवस्थामा उनको अज्ञात व्यक्तिले हत्या गरेको स्थानीयले जनाएका छन् । उनी पेन्ट सम्बन्धि काम गर्दै आएका थिए ।  ...
हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
हुम्ला, फागुन २४ । हुम्लामा हिमपात हुँदा हवाई उडान अवरुद्ध भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै आज बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको स्थानीयवासीले बताएका छन् । जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शङ्कर रावलले जानकारी दिए । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताए ।बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । खडेरी परेका बेला हिमपात भएपछि यहाँका किसा...
आयोजनाको नाममा दादागिरी : ठेकेदारले गरे सुत्केरी महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

आयोजनाको नाममा दादागिरी : ठेकेदारले गरे सुत्केरी महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

अपराध, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, फागुन २३ गल्छी–मैलुङ्ग सडक निर्माण आयोजनाअन्तर्गत नुवाकोटको देवीघाट बजारमा निर्माणाधिन पुल निर्माणका क्रममा ठेगेदार कुमार अधिकारीले स्थानीय एक महिलामाथि ज्यादती गरेका छन् । ती ठेकेदारले स्थानीय महिला पवित्रा गजुरेल पुडासैनीलाई खाल्टो खनेर पुर्ने प्रयास गरेको स्थानीय माधव कुमार गजुरेलले बताए । उनका अनुसार स्थानीयको प्रयासमा ती महिलाको स्थानीय उद्धार भएको छ । सोहीक्रममा ठेगेदारले स्थानीय केदार दाहाललाई समेत हम्बरले हान्ने प्रयास गरेका थिए । पवित्राको नाममा नापी कार्यालय, नुवाकोटमा दर्ता रहेको जग्गामा बनेको दुईतल्ले घर अनाधिकृत रुपमा जवरजस्ती डोजर लगाएर भत्काउने प्रयास भएपछि सो घटना भएको पीडित पक्षको दाबी छ । सोही विषयलाई लिएर स्थानीयको पहलमा देवीघाट चौकीमा छलफलका लागि वोलाउँदासमेत ठेगेदार कुमार अधिकारीले आफ्ना आफन्त सांसद रहेको तथा प्रहरीमा पनि पहुँच भन्दै आफूलाई कसैले ...
मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए । थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी, फागुन २२ । प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका(७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका(५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरु चढेको स।७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आगलागीबाट ४५ लाखबराबरको क्षति

आगलागीबाट ४५ लाखबराबरको क्षति

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन २२ । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।...
वडा अध्यक्ष पौडेलले पूर्व प्रअ माथि हातपात गरेको भन्दै सामाजिक संजालमा गलत प्रचार

वडा अध्यक्ष पौडेलले पूर्व प्रअ माथि हातपात गरेको भन्दै सामाजिक संजालमा गलत प्रचार

मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, फागुन १९ गत १६ गते नुवाकोटको ककनी गाउँपालिका शिक्षा शाखामा सोखि गाउँपालिका वडा नं २ मा रहेको शान्ति देवि आधारभुत विद्यालयको पूर्व प्रध्यानाध्यापक शम्भु प्रसाद बजगाईलाई बोलाई सोहि वडाको वडाध्यक्ष केदार पौडेलले हातपात गरेको भन्दै सामाजिक संजालमा गलत प्रचार गरिएको बताईएको छ । सो विद्यालयको ५ वर्ष सम्म अडिट नभएको पाईएको भन्दै वडाध्यक्ष पौडेलले पूर्व प्रअ बजगाईलाई सो बारे स्पष्टिकरण माग्दा केहि असमझदारी भई भनाभन भएको कुरालाई हातपात गरियो भनि अफवाह फैलाईएको प्रति वडाध्यक्ष पौडेलले आपत्ति जनाएका थिए । विद्यालयको अडिट देखि अन्य कागजातको साथै हिसाब समेत प्रष्ट देखाउन नसकेका पूर्व प्रअले बुधवार प्रेश विज्ञप्ति जारी गर्दै असमझदारी भएको कुरा साँचो भएको तर सामाजिक संजालमा गलत प्रचार प्रसार गर्न आफूले नलगाएको बताईएको छ । साथै तोकिएको समयमा विद्यालयको गत आर्थिक वर्षको हिसाब किताबको बिल र...