Thursday, May 21
Shadow

समाज

जसपाले आज ७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन गर्दै

जसपाले आज ७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन गर्दै

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस ८ । जनता समाजवादी पार्टी जसपाले प्रतिनिधिसभा विघटन विरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । हिजो बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । घोषणा गरिएको आन्दोलनको स्वरुप अनुसार आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रित जनप्रदर्शन गर्ने रहेको छ । साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै संसद अधिवेशन डाक्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।...
बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति, लाइन बस्नु नपर्ने

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति, लाइन बस्नु नपर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ८ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति ९रि–इन्ट्री० लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहीँबाटै श्रम स्वीकृति लिन सक्ने छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले बुधबारदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने जानकारी दिए । उनले भने, ‘‘अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएपछि म्याद सकियो भनेर श्रमका लागि मात्रै नेपाल आउनुपर्नेका लागि यो बाध्यता हटेको छ, जसले श्रमिक माथिको आर्थिक भार पनि कम गरेको छ ।” वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउने कार्य सुरू भइसकेको छ । महानिर्देशक दाहालले...
यी हुन् केपी ओलीका महत्त्वाकांक्षी चुनावी योजना !

यी हुन् केपी ओलीका महत्त्वाकांक्षी चुनावी योजना !

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस ८ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलवार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए । ‘हामीले गत निर्वाचनमा २ पार्टी मिलेर ११६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १२० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अग...
आजको मौसम , कुन प्रदेशको कस्तो ?  यस्तो छ पूर्वानुमान

आजको मौसम , कुन प्रदेशको कस्तो ? यस्तो छ पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं पुस ८ । अहिले गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष ८ गते (बुधबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ९ गते (बिहिबार) दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशभर मौसम सामान्यतया सफा रहनेछ । पौष ९ गते (बिहिबार) दिउँसो : देशभर मौसम सामान्यतया ...
चितवन कारागारका एक कैदीको मृत्यु

चितवन कारागारका एक कैदीको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ७ । चितवन कारागारमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् । उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो ।आन्द्रामा समस्या देखिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन् । कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ ।...
जाडोमा खानुस्  अदुवा हालेको चिया  , यस्ता छन् फाइदा

जाडोमा खानुस् अदुवा हालेको चिया , यस्ता छन् फाइदा

जिवनसैली, टिप्स, समाचार, समाज
काठमाडौं, पुस ७ । अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् । चियामा अदुवा हालेर खाँदा स्वास्थ्यका लागि निकै फाइदा हुने चिकित्सकहरु बताउँछन् । चिया पिउनु हरेक मानिसको आदत नै भइसकेको अवस्थामा चियामा अदुवा हालेर खाँदा स्वादसँगै शरीरलाई धेरै फाइदा पुग्ने गर्छ । अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ । यस्ता छन् अदुवा हालेको चिया पिउनुका फाइदा -कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्ता वा अन्य विमारी हुने समस्या आउँदैन । -शरीरमा असजिलो महसुस भएमा अदुवा हालेको चिया खानु राम्रो हुन्छ । अदुवाले पाचन प्रणाल...
सरकारले लगायो बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, किन लगायो ?

सरकारले लगायो बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, किन लगायो ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस ७ । सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकले अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै उडानमा रोक लगाउन निर्देशन दिएको जनाएको छ । यो निर्णय बुधबार राति १२ बाट अर्को सूचना जारी नभएसम्म कायमै रहने प्राधिकरणले जानकारी दिएको छ ।...
नेकपामा विभाजन देखिएका बेला राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

नेकपामा विभाजन देखिएका बेला राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले यति बेला राजनीतिमा तरंग ल्याएको छ। राजनीतिमा आएको तरंगले सबैलाई तताएको त छ भने सबैको ध्यान पनि यतैतिर केन्द्रित छ । यसैबीच नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । राजदूत यान्छी साँझ करिब ६ बजे राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् ।राजदूतको भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ । चिनियाँ दूतावासले एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि मन्त्रालयमार्फत् समय मागेको र कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।...
नेविसंघ कार्यकर्ताद्वारा रत्नपार्कमा जुलुससहित प्रदर्शन, संसद विघटनको चर्को विरोध

नेविसंघ कार्यकर्ताद्वारा रत्नपार्कमा जुलुससहित प्रदर्शन, संसद विघटनको चर्को विरोध

ब्यानर समाचार, राजनिती, समाज
काठ्माडौं , पुस ७ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् । संसद विघटनको विरोधमा मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म नेविसंघका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । मसाल जुलुसपछि रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कोणसभालालई सम्बोधन गर्दै विद्यार्थी नेता कुन्दन काफ्लेले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमको चर्को विरोध गरेका छन् । उनले सर्वोच्च अदालले जनताका पक्षमा फैसला गर्ने विश्वासमा आफुहरु रहेको दाबी गरेका छन् । साथै ओलीले चालेको कदम विरुद्ध एक जुट हुन समेत आग्रह गरेका छन् ।  उनले नेकपाको कोठे राजनीतिले देशका तमाम जनतालाई गुमराहमा राखेको भन्दै आक्रोश पोखे ।...
सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण

सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण

समाचार, समाज, स्थानिय तह
काठमाडौ, पुस ७ सामाजिक अभियान्ता रामेश्वर गजुरेलको पहलामा आर्थिक बिपन्नताले पीडित परिवारलाई आर्थिक रकम खाद्यान्न एवम् लत्ताकपडा बितरण गरिएको छ । नुवाकोटको तार्केश्वर गाउँपालिका वडा न. १ उपल्लोछाप निवासी अत्यन्तै गरिव पीडित निमुखा र दुबै आँखा देख्न नसक्ने बेसाहरा एकल महिला कान्छी माया तामाङको नाबालक दुई छोरी र एक छोरा भएको र ती नाबालक बच्चाहरुलाइ लालनपालन र हेरचाह गर्ने कोहि पनि नभएकोले पीडित परिवारलाई खाद्यान्न लत्ताकपडा र केही नगद सहयोग गर्ने योजना बनाएर सामाजिक संजाल मार्फत रकम संकलन गरिएको अभियान्ता गजुरेलले बताए । स्थानीय बिमला तामाङले सामाजिक संजाल मार्फत सहयोगको अपिल गरे पछी बुधबार पीडित कै घरमा गयर ४० हजार ६ सय १० रुपैयाँ र २१ हजार २ सय ४० रुपैयाँ बराबरको ६ महिना लाई पुग्ने गरि खाद्यान्न ३ बच्चाहरूलाई र आमालाई जाडोमा लगाउने कपडा, ओढ्ने ओछ्याउने लगाएतका सामाग्री वितरण गरिएको...