हेर्नुस् तीन दिनको पूर्वानुमान, कुन ठाउँको मौसम कस्तो ?
काठमाडौँ, माघ ९ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली भने छैन ।
यस्तो छ तीन दिनको पूर्वानुमान
माघ ९ गते (शुक्रबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केहि भू-भागहरुमा बिहानीपख केहि स्थानहरुमा हुस्सु्/कुहिरो समेत लाग्ने संभावना देखिन्छ ।
राती : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ १० गते (शनिबार)
दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशमा हल...









