Sunday, May 24
Shadow

समाज

विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
लमजुङ, चैत ३ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको भने दुई जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ बर्षीय विनोद विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले बताए । उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।गम्भीर घाइते भएका अन्य २ भाइ छविन्द्र गुरुङ र रेशबहादुर गुरुङको उपचार भइरहेको छ । ...
बर्दियामा पुनः बाघको आक्रमण, एक महिला बेपत्ता

बर्दियामा पुनः बाघको आक्रमण, एक महिला बेपत्ता

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ३ । बर्दियामा बाघले फेरि एक महिला बेपत्ता पारेको छ । ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरी वेपत्ता पारेको हो । मंगलबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा​ निउरो टिप्न गएका बेला पाटेबाघले रावतलाई आक्रमण गरेको थियो । उनीसँगै निउरो टिप्न गएका अन्य तीन महिला भने सकुशल छन् । बाघको आक्रमणबाट वेपत्ता भएकी रावतको खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए। यसअघि फागुन २६ गते मात्रै जंगलमा घाँस काट्न गएकी एक महिलालाई पाटेबाघले आक्रमण गरी ज्यान लिएको थियो । फागुन १७ गते पनि सामुदायिक वनमा भैँसी चराउन गएका गेरुवा गाउँपालिकाका एक जनालाई बाघले आक्रमण गरी ज्यान लिएको थियो। बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ। पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछ...
सिन्धुलीमा जिप दुर्घटना , ४ जनाको मृत्यु, ७ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना , ४ जनाको मृत्यु, ७ जना घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
सिन्धुली, चैत ३ । सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका(७ बाँसकटेरी गइरहेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ । मृत्यु हुनेहरुमा कमलामाई – ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षका छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए । उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौँ पठाउन लागिएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।  ...
बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
वीरेन्द्रनगर , चैत ३। बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो । झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्त...
राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण तय

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण तय

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , चैत ३। राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्ने भएकी छन । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुई दिवसीय भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने कार्यक्रम तय भएको छ । बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो । भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । राष...
यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ

यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
चितवन , चैत ३ । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् । उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरानी पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनीहरुले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पुर्याउने गरेको उनले बताए...
प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, चैत ३ । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २स्१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा साँझ ४: ४५ बजे निधन भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । उनको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।...
आजको मौसम : मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , चैत ३ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज बिहान देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसोको मौसमको अवस्था पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । भने, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू९भागहरुको मौसम सामान्यतया सफा रहने छ। रातिमा देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।...
आज २०७७ चैत्र ३ गते मंगलबारको राशिफल

आज २०७७ चैत्र ३ गते मंगलबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । बृष आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला । मिथुन महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । कर्कट पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ । सिंह नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर ...
बलात्कार गरेको आरोपमा आठ वर्ष कैद

बलात्कार गरेको आरोपमा आठ वर्ष कैद

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २ । शारीरिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा सङ्खुवासभाको जिल्ला अदालत चैनपुरले आठ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत चैनपुरले १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सिलिचोङ गाउँपालिका–१ का पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसूर ठहर गर्दै आठ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार कविराज राउतले जानकारी दिए । सोही फैसलाबाट पीडित बालिकाले पाउने गरी क्षतिपूर्ति बापत रु ५० हजार कसुरदारबाट असुल गरी राहत कोषमा जम्मा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राउतले जानकारी दिए । शेर्पाले गत मङ्सिर १८ गते बलात्कार गरेको भन्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितका आफन्तको उजुरीका आधारमा आरोपित शेर्पालाई प्रहरीले सोही दिन पक्रा...