Friday, May 22
Shadow

मुख्य समाचार

नेकपा फुटेको छैन :  उपप्रधानमन्त्री पोखरेल

नेकपा फुटेको छैन : उपप्रधानमन्त्री पोखरेल

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् । नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए । उनले तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको हो भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताउँदै पार्टी कानूनी रुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताए ।...
चुनावको घोषणा असंवैधानिक हुन सक्दैन :  मन्त्री गुरुङ

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् । काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत हो भने । उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । “मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो रु”, सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङले प्रश्न गरे । मन्त्री गुरुङले तत्कालीन माओवादीले जनयुद्धको समयमा प्रयोग गरेको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अहिले प्रचण्ड–नेपाल समूहले नक्कल गरेको उल्लेख गर्दै सो रणनीति सफल हुनै नसक्ने दाबी गरे । “ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले...
छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

अपराध, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष २८ रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले  बताए । प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको एसएसपी राठोरले बताए । एसएसपी राठोरका अनुसार आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।...
संसद विघटको विरोधमा आज नागरिक अगुवाहरूले सभा गर्दै , कृष्ण पहाडी लगायतले संबोधन गर्ने

संसद विघटको विरोधमा आज नागरिक अगुवाहरूले सभा गर्दै , कृष्ण पहाडी लगायतले संबोधन गर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २८ संसद विघटनको विरोधमा नागरिक अगुवाहरूले मंगलबार (आज)नागरिक सभा गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमलाई ‘प्रतिगमन’ ठहर गर्दै उनीहरुले त्यसको विरोधमा प्रज्ञा प्रतिष्ठानको डबलीबाट ‘नागरिक सभा’ मार्फत विरोध गर्ने भएका हुन् ।सभालाई नागरिक नागरिक अगुवा कृष्ण पहाडी, अगुवाहरूले सम्बोधन गर्ने भएका हुन् । सभामा पहाडीसहित नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तारविरोधी अभियन्ता विद्या श्रेष्ठ, मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठ लगायतलाई वक्ता राखिएको छ । आन्दोलनमा नागरिक अगुवाका साथै लेखक, सञ्चारकर्मी, अधिकारकर्मी, रंगकर्मी, कवि, प्राध्यापक, कलाकार लगायतको सहभागिता हुने र सबैलाई समेटेर अघि बढ्ने तयारी गरिएको आयोजकले बताएका छन् । संसद विघटन भएपछि त्यसको विरोधमा नागरिक आन्दोलनले मा...
झापाको भुटानी शरणार्थी शिविरमा आगलागी : एक जनाको मृत्यु

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी : एक जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन । दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।...
बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसँगै सरकारले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ । बेलायतले हाल तीन किसिमका खोपलाई आम मानिसमा प्रयोगका लागि अनुमति दिएपनि अहिले फाइजर–बायोएनटेक र बेलायतकै अक्सफोर्डद्वारा निर्मित खोपमात्र सञ्चालनमा आएका छन् । अर्को मोडेर्नाको खोपको लागि भने अझै केहि समय प्रतिक्षा गर्नुपर्नेछ । कोरोना संक्रमणका दृष्टिकोणले बेलायत अहिलेसम्मकै सबैभन्दा नाजुक अवस्थामा पुगेको बेलायती स्वास्स्थ्यमन्त्री म्याट ह्यान्कक्ले बताएका छन् । हाल बेलायतका अधिकांश क्षेत्रहरुमा कडा प्रतिबन्धसहितको अल्कडाउन सरहको ‘टीयर ४’ लागू गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमण, मृत्युदर र अस्पतालमा भरान हुनेको संख्यामा महामारी शुरु भए यताकै नयाँ रेकर्ड कायम भएपछि बेलायतको अवस्था झन् नाजुक बनेको हो । संक्रमण दर बढेसँगै कोरोना विरुद्धको खोपलाई बेलायत सरकारले प्रथामि...
हिउँदमा पनि तातो महसुस:  यसकारण पुषमा नै गर्मी !

हिउँदमा पनि तातो महसुस: यसकारण पुषमा नै गर्मी !

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं, पुस २८ । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा। मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको छ । ‘त्यसको असर तल्लो र माथिल्लो वायुमण्डलमा अधिक परेकै कारण यस वर्षको हिउँदमा न्यानो महसुस गरिएको हो’, उनले भने । उनले भने जस्तै अघिल्ला वर्षका पुस महिनामा चिसो सिरेटोले हान्थ्यो तर अहिले माघ लाग्ने बेला हुँदा समेत रातको समयमा बाहेक अधिकांश क्षेत्रमा न्यानो महसुस गरिएको छ । काठमाडौं लगायतका जिल्लामा घाम लागेर दिउँसो गर्मी हुन थालेको छ । हिमपात र वर्षा निकै कम भइरहेको छ । विगत साढे तीन महिनादेखि नेपालमा राम्ररी पानी परेको छैन ।...
नेपाल ट्रस्टको सम्पत्ति लथालिङ्ग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज

नेपाल ट्रस्टको सम्पत्ति लथालिङ्ग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको खर्बौको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ । कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने कतिपय सम्पत्ति संरक्षणको अभावमा अलपत्र छ । राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति संरक्षण र सदुपयोग गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित ०६४ मा नेपाल ट्रस्टको स्थापना गरिएको थियो । तर, १४ वर्ष पुग्दा पनि शिक्षा र स्वास्थ्यमा ट्रस्टको कुनै सम्पत्ति सदुपयोग हुन सकेको छैन । यससम्बन्धी कुनै कार्ययोजना नै बनाइएको छैन । बरु, सरकारले व्यापारीको स्वार्थपूर्ति गर्ने गरी सम्पत्तिको दुरुपयोग गरिरहेको छ । लिजमा लगाएका कतिपय जग्गाबाट ट्रस्टले भाडा समेत उठाउन सकेको छैन । सम्झौता सकिएको सात महिना हुन लाग्दा पनि काठमाडौं प्लाजा खाली गर्न सकेको छैन ...
माघी पर्वको तीन दिन सार्वजनिक बिदा

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कैलाली , पुस २७ । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताए । पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकाय लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  ...
बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा विनाकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो । प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा...