Friday, May 22
Shadow

मुख्य समाचार

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो :  राप्रपा अध्यक्ष थापा

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : राप्रपा अध्यक्ष थापा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन आइपुग्नुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताए । ‘‘राजनीतिक दृष्टिकोणका हिसाबले वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ”, उनले भने, “राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।” अध्यक्ष थापाले संसद् विघटनपछि अहिले सडकमा पक्ष विपक्षमा भइरहेको विरोधको कार्यक्रम उपयुक्त नभएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्...
३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित एक जना पक्राउ परेका छन् । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको माइक्रोबस जाँच गर्दा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेकसहित चितवनको माडीका रामकुमार गुरुङलाई बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ :  अर्थमन्त्री पौडेल

सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गरेका छन् । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे । “सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ । त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडि बढ्ने हो”, उनले राष्ट्रिय सहकारी महासङ्घको २८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै भने । मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताको सामूहिक र एकीकृत छलफल गरेर समस्या समाधानमा पहल गरिने बताए । उनले भने, “ग...
भारतमा कोरोना खोप अभियानको तयारी, ३० करोडलाई खोप दिइने

भारतमा कोरोना खोप अभियानको तयारी, ३० करोडलाई खोप दिइने

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाज
काठमाडौं, पुस २७ । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ । अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बाल...
हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो । पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए । सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लामा...
पुसमा नै गर्मी !

पुसमा नै गर्मी !

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । अघिल्लो सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधरणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरेले गर्मी महसुस गरे । आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भयो । शनिबारको तापक्रम २२।४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि यस्तो अनुभव भएको हो । ‘डिसेम्बर २२ पछि दिन लामा हुन थाल्छन्,’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले भने, ‘सँगै सौर्य विकिरण भइरहेको छ अर्थात् सूर्यको प्रकाशमा तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको हो ।’ दिन लम्बिदै जाने र सूर्यले दिने प्रकाश पनि बढ्ने भएपछि स्वतः तापमान बढ्ने उनको विश्लेषण छ । ‘प्रदूषण बढ्यो भने पनि अधिकतम तापक्रम घट्दै जान्छ, तर न्यूनतम तापक्रम बढ्छ । त्यस्तो बेलामा पनि तातो महसुस हुन्छ ।’ गत साता राजधानीसहित देशका विभिन्न भा...
ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी

ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , पुस २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने निश्चित भएको छ । डेमोक्रेट सांसदहरुले सोमबार हाउस अफ रेप्रीजेनटेटिभमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने अन्तिम तयारी गरेका छन् । अमेरिकी संसदमा भएको आक्रमणपछि राष्ट्रपति ट्रम्पमाथि आफ्नो कार्यकाल नसकिदै पद छोड्न दबाब बढेको छ ।राष्ट्रपति ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर र अन्य नेताहरुले ट्रम्पलाई राजीनामा दिएर अपराधिक आरोप लाग्नबाट बच्न सुझाव दिएका छन् । डेमोक्रेटहरुले यसैसाता ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारि स्वरूप् आफ्ना सबै सांसदअह्रुलाई वाशिंगटन पुग्न हवीप जारी गरेका छन् ।डेमोक्रेटहरुको ट्रम्पविरुद्धको महाअभियोगको लागि देशभर व्यापक समर्थन मिलेपनि रिपब्लिकन सिनेटरहरुले भने अहिलेसम्म महाअभियोगको पक्षमा मतदान गर्ने बताएका छैनन् । तर केहि रिपब्लिकन सिनेटरहरुले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन ...
निर्वाचनमा जुट्न गृहमन्त्री थापाको निर्देशन

निर्वाचनमा जुट्न गृहमन्त्री थापाको निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनमा जुट्न निर्देशन दिएका हुन् । ‘तपाईंहरुको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ, त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्’, उनले भने। प्रहरीको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलनको नियन्त्रण गर्ने दायित्व आएको उनको भनाइ थियो ।’लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाइन्छ तर शान्ति सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइँदैन’, उनले भने । गृहमन्त्री थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन नि...
कोरोना प्रकोपः विश्वभर संक्रमितको संख्या ९ करोड नाघ्यो, अहिलेसम्म कतिले ज्यान गुमाए?

कोरोना प्रकोपः विश्वभर संक्रमितको संख्या ९ करोड नाघ्यो, अहिलेसम्म कतिले ज्यान गुमाए?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २७ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ करोड नाघेको छ।वल्र्डओमिटरले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६ लाख ७५ हजार ९ सय ८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। विश्वभर अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५ सय ४५ पुगेको छ। यो सोमबार बिहान ७ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा छ। त्यहाँ दुई करोड २९ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। मृत्यु पनि अमेरिकामै सबैभन्दा धेरै छ। त्यहाँ ३ लाख ८३ हजार भन्दा धेरैले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। दोस्रो स्थानमा रहेको भारतमा एक करोड ४६ लाख ७४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या भने अमेरिकापछि ब्राजिल...
आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २७ । आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर राजधानीको रत्नपार्कमा पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२र०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक बर्ष हुने गरेका छन् ।...