काठमाडौँ, फागुन १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
बिहीबार साँझ बुढानिलकण्ठ पुगेर राजदूत क्वात्राले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा उनले नेपालको पछिल्लो राजनीतिक विषयबारे चासो राखेको जनाइएको छ ।
काठमाडौँ , फागुन १३ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ ।
यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६।५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिए । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बि...
बारा , फागुन १३। बारामा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजारसहित २ भारतीय प्रक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं। ८ बेरुवामा चेकजाँचका क्रममा प्रहरीले रकम सहित २ भारतीय पक्राउ गरेको हो ।
बुधबार बिहान ११ बजे बेरुवा टोल स्थित कलैया मटिअर्वा सडक खण्डमा जिल्ला प्रहरी कार्यलय बाराबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको समयमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा भारतीय मोटरसाईकल बिआर ०५ के ०७९८ नंम्बरको सवार चालक भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया वडा नं। ७ नरटिया बस्ने सुरेश प्रसादका छोरा ३५ वर्षका चंद्र शेखर प्रसाद र मोटरसाईकल सवार सोही स्थान बस्ने पारसनाथ प्रसादका छोरा बर्ष ३८ का संजय कुमारको साथबाट उनीहरुको शरीर तथा मोटरसाईकलको डिक्कीमा लुकाई राखेको अवस्थामा पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुबाट नेपाली १ हजार दरका १ हजार ७ सय ७२ थान र ५ सय दरक...
काठमाडौँ , फागुन १३ । ‘नेकपा’ को नाम विवादमा सर्वोच्च अदालतमा परेको मुद्दमा सुनुवाइ सकिएको छ । यस सम्बन्धमा अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा मुद्दा हालेका थिए ।
कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको हो । सुनुवाइ सकिएपछि फागुन २० गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर मुद्दा हालेका छन् । सत्तारुढ नेकपा आन्तरिक विवादमा रहेको अवस्थामा नाम बारेको विवादमा फैसला आउन लागेको हो ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)गठन भएको थियो । त्यसपछि ...
काठमाडौँ, फागुन १३ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक स्थगित भएको सूचना आएको नेता सत्यनाराण मण्डलले जानकारी दिए ।
‘बैठक स्थगित भएको सूचना आएको छ तर के कारण भन्ने जानकारी नभएको मण्डलले बताए ।
ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो।
प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेकपाको ओली समूह सरकार टिकाइरहन वा नयाँ सत्ता समीकरणका लागि के गर्ने भन्ने रणनीति बनाउन लागि परेको छ ।...
काठमाडौँ , फागुन १३ । चर्चित गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् ।
अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् ।उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो ।
गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।
प्रवण दिवसको छेकोमा अञ्जु र थीरले प्रेम सार्वजनिक गर्दै छिट्टै विवाह गर्ने बताएका थिए ।...
काठमाडौँ, फागुन १३ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७२४ पुगेको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख १८ हजार ३६३ जनाको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३० लाख ८३ हजार ३५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ८६ लाख ९९ हजारभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेक...
काठमाडौँ, फागुन १३ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फागुन १३ गते (बिहीबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा ...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्म...
काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई सङ्कटबाट जोगाएको बताएका छन् ।
सिरहामा आज पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताएका हुन् ।
“सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो”, पौडेलले भने, “अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ ।”
न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उनको भनाइ थियो ।
सम्बोधनका क्रममा नेता पौडेलले मधेशलाई बचाउने र जोगाउने काम नेपाली कांग्रेस मात्र गर्नसक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एक अर्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिर गरे ।...