Friday, July 3
Shadow

मुख्य समाचार

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । भारतमा दोस्रो चरणको खोप अभियान सुरू भएकै दिन प्रधानमन्त्री मोदीले पनि आज खोप लगाएको बीबीसी हिन्दीले जनाएको छ । मोदीले भारतमै बनेको खोप लगाएको तस्वीर ट्वीटरमा सार्वजनिक गर्दै भनेका छन्,’यो उल्लेखनीय छ कि हाम्रा डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँ जित्‍नका लागि तीव्र गतिमा काम गरेका छन् ।’ मोदीले भारतमा खोप अभियान थालेदेखि आम सर्वसाधारणलाई खोप लगाउन आह्वान गर्दै आएका छन् ।  ...
आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन १७ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ ।महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति प्रदे...
आज २०७७ फागुन १७ गते सोमबारको राशिफल

आज २०७७ फागुन १७ गते सोमबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो...
आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ :  प्रचण्ड

आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताएका छन् । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बताए । “पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्”, उनले भने, “आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् ।” कम्युनिष्ट पार्...
भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौँ , फागुन १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने जनाएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट पारे । प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग परिसरमा आज पुगेका काठमाडौं महानगरपालिका¬ २९ का स्थानीयवासी, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँगको कार्यक्रममा उनले सो धारणा राखेका हुन् । मुलुकमा भ्रष्टाचार नरोकिएकामा चिन्ता व्यक्त गर्दै उनले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु चुनौती रहेको बताउँदै आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने जनाए । भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरि...
भारतमा अहिलेसम्म लगाए एक करोड ४२ लाख बढीले कोरोना खोप

भारतमा अहिलेसम्म लगाए एक करोड ४२ लाख बढीले कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १५ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा गत बुधबार जानकारी दिएका थिए । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्...
अध्यक्ष प्रचण्ड भन्छन् -अब केपी ओलीसँग झुक्किएर पनि एकता हुँदैन

अध्यक्ष प्रचण्ड भन्छन् -अब केपी ओलीसँग झुक्किएर पनि एकता हुँदैन

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं , फागुन १५ । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । साथै उनले अब ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् । शुक्रबार प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रतिगमनकारी भएकाले अग्रगमनकारी र प्रतिगमनकारी सँगै हिड्न र एकता गर्न नसक्ने बताएका हुन् ।...
सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, फागुन १६ । सुनसरीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी-१२ मा बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकल यात्री मोरङको उर्लाबारी–१ का ४१ वर्षीय मनोज खनाललाई ठक्कर दिएको हो । शुक्रबार साँझ पौने ७ बजे ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा राति साढे ८ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रुपमा विभाजित नेकपाको मझधारमा उभिएको छ । नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रुपमा देखिएको छ । भलै अहिले पर्ख र हेरको नीति अवलम्बन गरेको कांग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ । कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनसाय बोकेको छ । कांग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको च्याँखे का रुपमा पनि अथ्र्याइएको छ । सांगठनिक रुपमा कमजोर काँग्रेसका लागि सत्ता वा संगठन निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । कांग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्नसके भविष्य राम्रो बन्नेछ । अहिले सत्ताभन्दा महाधिवेशनलाई लक्षित गरी अघि बढ्नुपर्ने सुझाव जिल्ला तहका नेताहरुको छ । अहिले क...
मेघगर्जनसहित वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

मेघगर्जनसहित वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

मुख्य समाचार, मौसम
काठमाडौँ, फागुन १४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरुमा अहिले हल्का कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फाल्गुन १५ गते (शनिबार) दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ...