Friday, July 3
Shadow

मुख्य समाचार

राजनीतिक संकट गहिरिएको बेला दाहाल–नेपाल समुहले बोलायो स्थायी कमिटि बैठक

राजनीतिक संकट गहिरिएको बेला दाहाल–नेपाल समुहले बोलायो स्थायी कमिटि बैठक

मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २४ । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकपछि भावी रणनीति तय गरिने श्रेष्ठको भनाई छ । यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ । सर्वोच्च अदालतले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको आरोप समेत उसको छ । सर्वोच्चको फैसला राजनीतिक आग्रह प्रेरित, अस्वभाविक एवं कानूनी रुपले समेत गलत रहेकोले आफुहरुको गम्भीर असहमति रहेको दाहाल नेपाल समुहको भनाइ छ ।...
महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन:  सभापति देउवा

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन: सभापति देउवा

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २४ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् । “शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि भएको बताउँदै सभापति देउवाले कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहने...
आज अन्तर्राष्ट्रिय महिला दिवस ! विविध कार्यक्रम गरीर मनाइँदै

आज अन्तर्राष्ट्रिय महिला दिवस ! विविध कार्यक्रम गरीर मनाइँदै

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , फागुन २४ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ । क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्‍यो र सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो ।...
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। यता, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भने, देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।यस्तै, आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भ...
नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ

नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारले श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालन अनिश जोशीलाई समेत पक्राउ गरेको छ । श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो । सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरु...
आज २०७७ फागुन २४ गते सोमबारको राशिफल

आज २०७७ फागुन २४ गते सोमबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेक...
आयोजनाको नाममा दादागिरी : ठेकेदारले गरे सुत्केरी महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

आयोजनाको नाममा दादागिरी : ठेकेदारले गरे सुत्केरी महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

अपराध, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, फागुन २३ गल्छी–मैलुङ्ग सडक निर्माण आयोजनाअन्तर्गत नुवाकोटको देवीघाट बजारमा निर्माणाधिन पुल निर्माणका क्रममा ठेगेदार कुमार अधिकारीले स्थानीय एक महिलामाथि ज्यादती गरेका छन् । ती ठेकेदारले स्थानीय महिला पवित्रा गजुरेल पुडासैनीलाई खाल्टो खनेर पुर्ने प्रयास गरेको स्थानीय माधव कुमार गजुरेलले बताए । उनका अनुसार स्थानीयको प्रयासमा ती महिलाको स्थानीय उद्धार भएको छ । सोहीक्रममा ठेगेदारले स्थानीय केदार दाहाललाई समेत हम्बरले हान्ने प्रयास गरेका थिए । पवित्राको नाममा नापी कार्यालय, नुवाकोटमा दर्ता रहेको जग्गामा बनेको दुईतल्ले घर अनाधिकृत रुपमा जवरजस्ती डोजर लगाएर भत्काउने प्रयास भएपछि सो घटना भएको पीडित पक्षको दाबी छ । सोही विषयलाई लिएर स्थानीयको पहलमा देवीघाट चौकीमा छलफलका लागि वोलाउँदासमेत ठेगेदार कुमार अधिकारीले आफ्ना आफन्त सांसद रहेको तथा प्रहरीमा पनि पहुँच भन्दै आफूलाई कसैले ...
मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए । थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी, फागुन २२ । प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका(७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका(५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरु चढेको स।७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भोली बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्बजनिक

भोली बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्बजनिक

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २२ । संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्बजनिक गरेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरुआत हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो । = ...