Monday, May 25
Shadow

मुख्य समाचार

राष्ट्रियसभाको बैठक बुधबारका लागि सर्यो

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गर्नुभएको सचिव फुँयालले जानकारी दिनुभयो । ...
सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ-:सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकारात्मकरूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने उल्लेख गर्नुभयो । मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले हिजो संविधान र लोकतन्त्र जोगाउनकै लागि गठबन्धन बनेको बताउनुभयो । “गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ । गठबन्धन कसैका विरुद्ध बनेको होइन”, उहा...
प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित हुनुभएकामा उहाँलाई बधाई दिनुभएको छ । सठचालिस वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उहाँ आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुनुहँदै छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।...
६.८ म्याग्निच्युडको भूकम्प: पैसट्ठी जनाको मृत्यु

६.८ म्याग्निच्युडको भूकम्प: पैसट्ठी जनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । गाञ्जीमा १२ जना हराइरहेका, ५६ जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो । राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।...
चार आतङ्ककारीसहित पाँच पाकिस्तानी सैनिक मारिए

चार आतङ्ककारीसहित पाँच पाकिस्तानी सैनिक मारिए

Uncategorized, अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौँ- उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ । मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् । यसअघि गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतङ्कवादीलाई मारेको थियो । त्यसअघि सोही इलाकामा आतङ्ककारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सैनिक जवानको मृत्यु भएको थियो ।...
ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ । केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस हुनुभएकोछ । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ । यसरी सिफारिस हुनुहुनेमा रेवतीरमण दुलाल, उप...
राजनीतिक पार्टीहरु उम्मेदवार चयनमा  व्यस्त

राजनीतिक पार्टीहरु उम्मेदवार चयनमा व्यस्त

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट १५ , क्षेत्र नम्बर २ बाट चार र क्षेत्र नम्बर ३ बाट नौ गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्र...
कञ्चनपुर: कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर: कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ-आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् । कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ । सो निर्वाचन क्षेत्रमा पर्ने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कांग्रेसले ३० जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले केन्द्रीय सदस्य नारायणप्रकाश साउँद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानका...
तात्यो खोटाङमा चुनावी माहोल

तात्यो खोटाङमा चुनावी माहोल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
खोटाङ - आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी माहोल तातिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई सदस्य निर्वाचित हुने जिल्लामा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम धमाधम भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसबाट निर्वाचन लागि ४२ नेताहरूको नाम सिफारिस भएको छ । पूर्वराज्यमन्त्रीदेखि पूर्ववडाध्यक्षसम्मले निर्वाचनका लागि उम्मेदवारी दिने उद्देश्यले आ–आफ्नो नाम जिल्ला कार्यसमितिमार्फत सिफारिस गराएका छन् । प्रतिनिधिसभाकाको प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री सर्वधन राईसहित १० जनाको नाम सिफारिस भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । उसले सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, डा राजकुमार राई, रामप्रसाद आचार्य ‘आरपी’, ...
चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।...