Thursday, October 30
Shadow

ब्यानर समाचार

संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । सांसद बडूले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिकरूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।...
विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध बिस्तारै हटाउने बताएका छन् । आज मंगलबार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको ५१ औँ वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए । उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनौ । त्यसतर्फ पनि ध्यान दिई रहेका छौँ र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होइन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि बिस्तारै खोलिने छ ।’ उनले पर्यटन क्षेत्रले नेतृत्व...
कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेर बसौं : प्रदीप पौडेल

कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेर बसौं : प्रदीप पौडेल

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सत्तामा जान हतार गर्न नहुने बताएका छन्। नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा काठमाडौंमा मंगलबार आयोजित 'नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी' विषयक गोष्ठीमा बोल्दै उनले कांग्रेसका लागि सत्ता ठूलो कुरा नभएको बताए। ‘कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन। पर्खेर बसौं, यो देशले कांग्रेसलाई फेरि सत्तामा पुर्‍याउँछ,’ उनले भने, ‘सत्ताका निम्ति हतार नगरौं, अहिले जुन गठबन्धन बनेको छ त्यो चिरस्थायी हुँदैन, उहाँहरू आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ।’ सत्तामा कांग्रेस किन जाने हो, के गर्न जाने हो भन्ने कुरा पहिले प्रष्ट हुनुपर्ने र काम गर्न पूर्वतयारी गर्नुपर्ने उनले बताए। ‘कुन क्षेत्रमा कसरी काम गर्ने हो प्रष्ट हुनुपर्छ,’ उनले भने, ‘नेपालमा सुशासन कसरी कायम गर्ने, स्वास्थ्य र शिक्षामा जनताको पहु...
नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी वित्तीय उपाध्यक्ष तथा ग्रुप नियन्त्रक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । “मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,” उनले भनिन्, “नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।” लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।...
उपचुनाव : एमालेले सुहाङ उम्मेदवार टुंगो लगाएसंगै अन्य दलहरु दबाबमा !

उपचुनाव : एमालेले सुहाङ उम्मेदवार टुंगो लगाएसंगै अन्य दलहरु दबाबमा !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौ– आउँदो वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरु उम्मेदवार छनोट र प्रचार अभियानमा जुटेका छन् । एमालेले उम्मेदवार टुंगो लगाएर प्रचार अभियान थालिसकेको छ भने अरु दलहरु आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेसमा उम्मेदवारको नाम सिफारिस भए पनि निर्णय हुन बाँकी छ । सत्तारुढ माओवादी, जसपा र एकीकृत समाजवादीले उम्मेदवारी दिने–नदिने टुंगो लागेको छैन । सत्तारुढ अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उम्मेदवारी दिने बताएको छ । तर एमालेले रास्वपालाई मनाउनको लागि पहल गरिरहेको छ । निर्वाचन आयोगले आउँदो २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ । इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौमा हृदयघातबाट निधन भएपछि र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परी निधन भएपछि ती क्षेत्रमा उपचुनाव हुन ...
रवि लामिछाने पदमा बसिरहनु रहस्यमय : डा.कोइराला

रवि लामिछाने पदमा बसिरहनु रहस्यमय : डा.कोइराला

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । शनिबार काठमाडौँका आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सडकदेखि संसद्सम्म विरोध भैरहँदासमेत लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको छ कि भन्ने प्रश्न उठेको बताए । उनले भने, ‘चौतर्फी विरोध भइरहँदा पनि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको छ ।’ कोइरालाले रवि लामिछानेले तत्कालका लागि पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै भने, ‘उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो ।’ सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको समेत नेता कोइरालाले बताए । उनले हरेक परिवर्तनमा काठमाडौँवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अबका ...
नुवाकोटको कुन स्थानिय तहले कति पाए वित्तीय समानीकरण अनुदान ?

नुवाकोटको कुन स्थानिय तहले कति पाए वित्तीय समानीकरण अनुदान ?

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ५२ करोड गरी ८८ अर्ब रुपैयाँ सिफारिस गरेको हो। वित्त आयोगको सिफारिसकै आधारमा आगामी बजेटबाट संघीय सरकारले वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ। आयोगले यो न्यूनतम आवश्यकता, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान उपलब्ध गराउँछ। नुवाकोटको १२ स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै अनुदान पाउनेमा विदुर नगरपालिका रहेको छ । विदुरले १४ करोड ९१ लाख पाउने भएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाले ११ करोड ८० लाख अनुदान पाउने भएको छ । त्यस्तै ककनी गाउँपालिकाले ९ करोड ७६ लाख, शिवपुरी गाउँ...
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ। जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएपछि अर्को म्याद नलिई उनलाई हाजिरी जमानीमा छाडिएको हो। बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले अदालत नलगी छाडेको हो। हाजिरी जमानीमा छाड्न उनको फाइल सरकारी वकिल कार्यालयमा पठाएपछि त्यहीँबाट रिहा भएका सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। सरकारी वकिल कार्यालयको रायपछि महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।...
रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

ब्यानर समाचार, समाज
विवाह उमेर पुगेका युवायुवती बिच हुने आत्मीय बन्दन हो । विवाह सामान्य कुरा भएता पनि कुनै कुनै विवाह भने समाजमा फरकपनको हुने गर्दछ । एउटै पेशामा रहेर काम गर्दा सुरु भएको प्रेम सम्बन्ध विवाहमा परिणत हुन एक प्रकारको सफलता नै हो । त्यस्तै सफलताको विवाह दुई रास्ट्र सेवक प्रहरी बिच भएको छ । नेपाल प्रहरीका निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बिचको विवाहको विषयलाइ समेट्न खोजेका छौ । बिष्णुहरि फुयाल जो २०७१ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरे । सेवा प्रवेश गर्दा निकै उत्साहित भएका फुयाल प्रहरी संगठनमा अम्बल रहदै आएका छन । उनले ईलाका प्रहरी कार्यालयल चिसापानीको प्रमुख, महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी वृत्त जगातीकोे अपराध अनुसन्धान शाखा प्रमुखरहि सफलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्रहरी भित्रकै कमाण्डो तालिम पुरा ...
राष्ट्रिय सभा सदस्य निर्वाचन : मधेश प्रदेशमा २ मतदाता बाहेक सबैले गरे मतदान

राष्ट्रिय सभा सदस्य निर्वाचन : मधेश प्रदेशमा २ मतदाता बाहेक सबैले गरे मतदान

ब्यानर समाचार, मुख्य समाचार
  जनकपुरधाम - मधेश प्रदेशमा रिक्त रहेको अन्य र महिला तर्फको राष्ट्रिय सभा सदस्य पदका लागि भएको मतदानमा दुई जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय रहेकोमा हालसम्ममा प्रदेशसभा तर्फका १०६ जना मतदाताले मतदान गरेका छन् भने स्थानीय तर्फ २६६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनु भएको छ । मधेश प्रदेशमा कूल मतदाता ३ सय ७४ रहेकोमा हालसम्म ३ सय ७२ जनाले मतदान गरेको उहाँले जानकारी दिनु भयो । मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य रहेकोमा अहिलेसम्म एकजना बाहेक सबैले मतदान गर्नु भएको छ । महोत्तरीको सशस्त्र प्रहरी नायव निरीक्षक थमन विक हत्या काण्डमा जिल्ला अदालत महोत्तरीले लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशमा निर्वाचित प्रदेश सभाका सदस्य अभिराम शर्मालाई जन्म कैद सुनाएको कारणले उहाँ हालसम्म मतदान गर्नु भएको छैन ...