Thursday, May 21
Shadow

ब्यानर समाचार

बुधबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ त किनबेच ?

बुधबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ त किनबेच ?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं, असार २०। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो । महासंघले आज बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ र, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीमा ५ रुपैयाँले वृद्धि भएर १३ सय ८० रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने नतिजा ?

एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने नतिजा ?

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार
 काठमाडौं,२० असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । बोर्डले बिहीबार वा शुक्रबारसम्म नतिजा प्रकाशनको तयारी गरेको छ। यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका छन् । यस्तै, १४ वटा बेवसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका (http://www.neb.gov.np/) साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को बेवसाइट (http://www.see.gov.np/)बाट पनि नतिजा हेर्न सकिनेछ। ...
भारतको नौगढ बाट २ किशोरी उद्धार

भारतको नौगढ बाट २ किशोरी उद्धार

ब्यानर समाचार, ब्यानर समाचार 2
कृष्णनगर, अषाढ १९ आफन्त नेपाल KIN NEPAL नामक सस्थाले भारतको नौगढ बाट २ नेपाली किशोरीको उद्घार गरि नेपाल ल्याएको छ, उद्धार गरिएका २ किशोरी बुद्धभुमी न.पा कपिलवस्तुका रहेका छन, उद्धार गरिएका किशोरीहरु आसा र रिमा नाम परिबर्तन बर्ष १६ र १७ का रहेका छन । भारतमा भाउजु नाता पर्नेले जागिर लगाई दिने भनेर बोलाएपछि उनिहरु घरमा कसैलाई जानकारी नदिई भारत जादै गर्दा अलपत्र अबस्थामा उद्घार गरि संरक्षणमा लिएको बाल न्यायलय का प्रमुख बिरेन्द्र ले जानकारी दिए । उद्घार गरिएका किशोरीहरुलाई तत्काल आफन्त नेपाल सङ्ग समन्वय गरि नेपाल फर्काउने प्रक्रिया अगाडी बढाइएको थियो । परिबर्तित नाम आसा र रीमाको अभिभावकलाई सम्पर्क गर्दा भारतमा पुगेको भने पस्चात आफुहरु अचम्ममा परेको बताए । भारतमा रहेको बाल न्यायलयमा सम्पुर्ण प्रक्रिया पुरा गरि स्वदेश फिर्ता गरि अभिबावकको जिम्मा लगाईएको आफन्त नेपालले जनाएको छ । आफन्त ने...
हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार १९ । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क ब्याज /जरिवानामा छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट पाउने भएका हुन् । हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम, युनियन र गुराँस लाइफ) बाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा २०८० असार १९ गते देखि २७ गतेसम्ममा पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ । सूचना ...
गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार, स्थानिय तह
गोरखा, असार १९ । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर थिच्दा १ को मृत्यु भएको छ भने घटनामा तीनजना घाइते भएका छन् । गोरखाको गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उक्त घटनामा मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अन्य दुईजनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।...
एसीसी यू–१६ इस्ट जोन कपः नेपाललाई तेस्रो पटक उपाधि

एसीसी यू–१६ इस्ट जोन कपः नेपाललाई तेस्रो पटक उपाधि

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार १९ । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराएको हो । यसअघि नेपालले २०१७ / २०१९ मा पनि यू-१६ को उपाधि जितेको थियो । मलेसियाको बायुमास ओभलमा भएको फाइनलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गरलेले १/१ विकेट लिए । यसअघि पनि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २...
काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

ब्यानर समाचार, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं,१९ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् । मंगलबार (आज) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी जानकारी दिएका हुन् । मेयर शाहले प्राचिन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा रोक लगाइएको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ...
गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड

गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड

ब्यानर समाचार, ब्यानर समाचार 2
असार १५, पोखरा। अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ। शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां.–२ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो। स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो। सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं.–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गर्नुभएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो। सो अ...
सात कविका संयुक्त कविता सङ्ग्रह “सोपान” लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

सात कविका संयुक्त कविता सङ्ग्रह “सोपान” लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - २०८० असार ११ गते विभिन्न पुस्ताका सात कविका सात/ सात कविता रहेको नवीनतम् कृति "सोपान " संयुक्त कविता सङ्ग्रह बागबजार स्थित " द क्यापिटल फूड क्याफे"मा सम्पन्न भयो। उक्त कार्यक्रममा कृष्णबहादुर साहु सभापति, वरिष्ठ कवि तथा सस्कृतिबिद् तुलसी दिवस प्रमुख अतिथि तथा बरिस्ठ कवि श्री ओम श्रेष्ठ" रोदन, चारै वेदका अनुवादक तिलक लुइँटेल र उपभोक्ता जागरण अभियानका अध्यक्ष तथा खोटाङ सम्पर्क मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली विशिष्ट अतिथि हुनुहुन्थ्यो । सोपान कविता सङ्ग्रहमा अग्रज र अनुज गरि सात जनाको कविता समावेस छन् भने अतिथि कविका रुपमा बरिस्ठ कवि तथा गीतकार दिनेश अधिकारी, अग्रज कवि प्रकाश घायल, कवि प्रज्वल अधिकारी र मौन आवाजका कविताहरू समावेश गरिएका छन्। सात कविहरूमा क्रमश: रामचन्द्र दाहाल, गणेश लोहनी, गोपी कृष्ण थापा, दुर्गा किरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधव बिडारी रहेक...
नेपाल स्रष्टा समाजले “योगमाया सम्मान” अरुणा उप्रेती र चन्द्रबहादुर बस्नेतलाई गर्ने 

नेपाल स्रष्टा समाजले “योगमाया सम्मान” अरुणा उप्रेती र चन्द्रबहादुर बस्नेतलाई गर्ने 

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौं, नेपाल स्रष्टा समाजले २०८० सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिद्ध लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ भने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील स्रष्टा तथा अभियानकर्ता श्री चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा आदरपत्र तथा २५ हजार १११ रुपैयाँ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा आदरपत्रका साथ (यस वर्षदेखि) ३५ हजार नगद राशि प्रदान गर्ने गरिन्छ । सो सम्मान यही असार २२ गते योगमाया दिवस...