जलमाेनाकाे बार्षिकाेत्सव र पुरस्कार वितरण सम्पन्न
कपिलवस्तु , फल्गुण ८ । जिल्लाकाे कृष्णनगरकाे पुरानाे निजि विद्यालय जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
विल्यालयका पुर्व विद्यार्थी एवम् कांग्रेसका नेता संविधानसभा सदस्य अभिषेक प्रताप शाहकाे प्रमख आतिथ्यतामा जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न विद्यामा आफ्ना क्षमता प्रदर्शन गरेका थिए भने अतिरिक्त क्रियाकलापमा प्रथम द्वितीय तृतिय स्थान पाउने खेलाडीहरुलाई उपस्थित अतिथिहरुले पुरस्कार वितरण गरिएकाे प्रधानाध्यापक जीवन तमांगले जानकारी दिनुभएकाे छ ।
कार्यक्रममा मार्च पास , ड्रिल, नृत्य , नाटक, माेडेल साे लगायतका विषयमा विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै अतिरिक्त क्रियाकलापमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीह...









