Wednesday, April 23
Shadow

सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद


  • -इ
  • इ+

 

कृष्णनगर, चैत्र ५

भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ ।

कपडा,चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं पुर्याउने गरिएको छ ।

कृष्णनगर सशस्त्र प्रहरीले सूचनाको आधारमा भारतबाट नेपाल ल्याइएको चुरोट लु.२ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीमा फेला पारेको हो । बरामद चुरोटबारे चालक र सहचालकले अनभिज्ञता जनाएका छन् ।

अवैध चुरोट आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares