नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
लेखक -डा. दिलनाथ दंगाल राजस्व संकलनमा देखिएका समस्याहरूको पहिचान
दक्ष जनशक्तिको अभाव हुनु, कर र राजस्ब निर्धारण सम्बन्धी ज्ञान, सिप र क्षमताको अभाव हुनु,राजस्व सम्बन्धी ऐन, नीति, नियम, कार्यविधि तथा अन्य कानुनहरूको तर्जुमा समयमा नहुनु, राजस्वसँग सम्बन्धित रहेर अध्ययन अनुसन्धान नहुनु मुख्य समस्या हुन् । यस्तै छिमेकी पालिकाहरूको अनुभव प्रयोग हुन नसक्नु, सोचे अनुसार करका दायराहरू फराकिलो पार्न नसक्नु, राजस्व परामर्श समिति पूर्ण रूपमा सक्रिय नहुनु, आर्थिक ऐनलाई समय अनुसार परिमार्जन गर्न नसक्नु, कर र राजस्वसँग सम्बन्धित रहेर यसको अनुगमन, मूल्यांकन, नियन्त्रण र अभिलेखीकरण हुन नसक्नु थप समस्या हुन् । करका दरहरू निर्धारण गर्दा करका विज्ञ, नीति निर्माता र सम्बन्धित सरोकारवालाहरूसँग प्रसस्त छलफल र अन्तरक्रिया नहुनु जस्ता समस्याहरू राजस्व संकलनमा देखिएका ...
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रुपमा न्यौपानेले आज शपथ ग्रहण गर्नुहुने र भोलि (शुक्रबार) न्यौपानेले बाँकी नवनिर्वाचित प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको सचिव यादवले जानकारी दिनुभयो ।
...
दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको छ ।
बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक–फरक देश र संस्कृतिबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायत कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताउनुभयो ।
आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।
नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जना...
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ ।
बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन काठमाडौंको भृकुटीमण्डपबाट र्याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ ।
बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्न निर्देशन पनि दिएको छ ।...
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको कसुरमा हुने जरिवाना बढाएको छ। यसअघि न्युनतम ५०० नेपाली रुपैयाँबाट सुरु हुने जरिवाना अब १००० रुपैयाँबाट हुने भएको छ।
क) रु.१००० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु:
- दर्ता नगरी सवारी चलाएमा।
- विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा।
- बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा।
ख) रु.१००० जरिवाना हुने कसुरहरु:
- सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको।
- सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको।
- दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्याएको/सम्पर्कमा नआएको।
- मादक पदार्थ सेवन गरी सवारी चलाएको।
- सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा।
- सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढ...
प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सुकुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधि...
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ।
यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।...