Wednesday, September 2
Shadow

ब्यानर समाचार 2

आज पनि बस्दै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

आज पनि बस्दै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ ।...
प्रदेश १ को प्रदेश सभा बैठक आज हुदै

प्रदेश १ को प्रदेश सभा बैठक आज हुदै

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज  बस्ने भएको छ । पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।...
लुम्बिनी प्रदेशसभाका सांसदको शपथग्रहण आज

लुम्बिनी प्रदेशसभाका सांसदको शपथग्रहण आज

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । आज ८७ जना प्रदेश सभा  सदस्यमध्ये केहीले मातृभाषा  शपथग्रहण गर्दे छन् । यसरी  शपथग्रहण गर्नेमा  जनमत पार्टीका   र  जसपाका  रहेका छन् । संसद् सचिवालयका अनुसार अनुसार सुमन शर्मा रायमाझी , चन्द्रकेश गुप्ता , कन्हैयालाल बानियाले अवधि भाषामा शपथ लिने छन् । यस्तै राज कुमार चौधरीले थारु भाषा शपथ ग्रहण गर्ने छन् । प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ ।  संसद् अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । त्यसको सम्पूर्ण तयारी  पुरा भएको सचिव पुनले जानकारी दिए । ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
भाषण कम र सेवा धेरै  :  प्रधानमन्त्री दाहाल

भाषण कम र सेवा धेरै : प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताउनुभएको छ । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले बाँकी जीवन विकास र सुशानका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।” आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो कार्यकालमा मैले भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।” अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार नियन्त्रण र व्यथिति नियन्त्रण गर्नुपर्ने अवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्...
किन हुँदैछ त्रिविमा  पुस १७ देखि बिदा ?

किन हुँदैछ त्रिविमा पुस १७ देखि बिदा ?

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताउनुभयो । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।...
पुस १७ देखि त्रिविमा  बिदा

पुस १७ देखि त्रिविमा  बिदा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताउनुभयो । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । ...
बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
लेखक - गौरी दवाडी , नेपाली काङ्ग्रेस वाग्मती प्रदेश समिति सदस्य २००७ फागुन ७ गते राजा त्रिभुवनले राष्ट्रको नाममा दिएकाे सम्बाेधनले राणामा रहेकाे शासन शत्ता राज शाहीमा स्थानानतरण भयाे । याे प्रजातन्त्र हाे भन्न कांग्रेस बाध्य भयाे। राणा शाशनबाट मुक्त भएर प्रजातन्त्र स्थापना गर्ने काग्रेशकाे रणनीति अन्तर्गत आन्दोलन त्यतिबेला कमजाेर भयाे, जतिबेला राजामा अधाेषित सार्बभाैम शत्ता निहित गरेर श्री ३ माेहन शमशेर राणाकाे प्रधानमन्त्रीत्वमा कांग्रेस सहितको मन्त्री मण्डल बन्याे । २००७ सालकाे दील्ली सम्झाैताले नेपालमा तीन राज्यशक्तिकाे स्थापित गरिदियाे राजा, राणा र कांग्रेस । १०४ बर्ष शासनशत्ता भाेग गरेकाे राणा वंशाणुगत दुई शताब्दी देखि पुजिदै आएकाे राजा र भरखराै आनदाेलन गरेर जन्मेको कांग्रेस । राजा र राणा शत्ताधारी सगाेत्रीय पक्ष गाेरखा परिषद र राजाकाे अन्तरसमन्वय हुना साथै काङ्ग्रेसको शक्ति क...
नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, साहित्य/कला
काठमाडौं, पुस ११ गते । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ । यसैगरी, वि.सं.२०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ । चालीस वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि ११ हजार १११ रुपियाँ रहेको छ । साहित्यकारद्वय चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सीता कँडेलले ले आफ्नो छोराको स्मृतिमा स्थापना गर्नुभएको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छुक, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जानकारी कार्यसमिति सदस्य माधव बिडारीले दिनुभयो ।...
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो । भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्कनुभएको हो । ...