Monday, August 31
Shadow

ब्यानर समाचार 2

सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

ब्यानर समाचार 2, समाचार
कृष्णानगर, असोज ५ कपिलवस्तु जिल्लाको कृष्णानगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थान बाट लाखौंको राजस्व छलिको सामान बरामद गरेको छ। कृष्णानगरको व्यारिएर चेक पोस्टमा चेक जांच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डममा खटिएको टोलीले साडी ९४ थान, पर्दा ४५ थान, मोजा ३४ दर्जन, लेडिज सुट ३४ थान, कुर्ति सेट १५० थान गरि कुल जम्मा दुई लाख ६१ हजार बराबरको कपडा पक्राउ गरेको छ। पक्राउ गरेको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिएका छन्।...
बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६औं  कपिलवस्तु महाेत्सव हुने

बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६औं  कपिलवस्तु महाेत्सव हुने

ब्यानर समाचार 2, समाचार
  जीतपुर , कपिलवस्तु साउन २६     कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ । जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने  महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो । कपिलवस्तु महोत्सव हाल १६ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुने वेलफेयरका अध्यक्ष राज कुमार खाँणले जनाए । तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका का साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् । १६ औं महोत्सव सम्म आईपुग्दा पछिल्लो समय महोत्सव निरन्तरतामा कोरोना महामारी र आर्थीक मन्दीले पारेको असर ,चर्को व्याजदरले व्यावसायीक गिरावट, देशको अर्थतन्त्रलाई सुधार र व्यवसायीक प्रर्वद्धनका साथै कृषि उपजहरुको बजारीकरणमा वेयरफेयरले महोत्सवलाई चुनौतीपुर्ण समयमा निरन्तर...
सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

ब्यानर समाचार 2, समाचार
  साउन १३ गते  सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले पालिकावासीलाई सहज हुने गरी विभिन्न सेवाहरूमा शून्य शुल्क नीति लागू गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि धनकौल गाउँपालिकाभित्रको मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क गरिने भएको छ। यो निर्णयले लामो समयदेखि आर्थिक भार र प्रशासनिक झन्झट खेपिरहेका किसान तथा आम नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा सुख्खाको चपेटामा परेका जनतालाई सहयोग पुर्‍याउन यो कदम चालिएको उल्लेख छ। गाउँपालिकाले सुख्खाग्रस्त अवस्थाको प्रत्यक्ष प...
थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न

थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न

ब्यानर समाचार 2, समाचार
  बाँके , नेपालगञ्ज – थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ । बाँके जिल्ला नेपालगञ्ज १२ कोरियानपुर का करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरु प्रतिस्पर्धा मा पछि पार्दै बिश्व च्याम्पियन बनेका छ्न । उनले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा सिलवर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छ्न । बाडियाले २२० के जि उचालेर बिश्व रेकर्ड राखेका छ्न । करण वाडिया सङै ६८ किलो तौलमा सिनियरतर्फ नेपालगन्ज ७ डिएसपी रोड का मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउन्च मेडल जित्न सफल भएका छन । साथै ७६ किलो तौलमा पुरुषतर्फ नेपालगन्ज २ घरवारीटोल का सन्तोष काजी शाक्यले सिलवर मेडल जित...
मन्त्री अधिकारीको नाम जोडिएको नियुक्ति सम्बन्धी प्रचार भ्रामक

मन्त्री अधिकारीको नाम जोडिएको नियुक्ति सम्बन्धी प्रचार भ्रामक

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, असार ३० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम जोडेर सार्वजनिक रूपमा फैलिएको नियुक्तिसम्बन्धी समाचारलाई निजी सचिवालयले गम्भीर ध्यानाकर्षण गर्दै खण्डन गरेको छ। निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा हालै केही सञ्चार माध्यममा आएको जिल्ला समिति अध्यक्ष नियुक्तिमा मन्त्रीको संलग्नता भन्ने आशयको समाचार पूर्णतः भ्रामक, असत्य र तथ्यविहीन भएको स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, जिल्ला समिति अध्यक्ष नियुक्तिको प्रक्रिया कानुनअनुसार सिफारिस, योग्यताको मूल्यांकन र सम्बन्धित निकायको निर्णयबाट हुने व्यवस्था छ। मन्त्रीज्यूको प्रत्यक्ष संलग्नता र निर्देशनमा कुनै नियुक्ति गरिएको छैन भन्ने कुरा स्पष्ट छ। त्यसैगरी, सो प्रसंगमा प्रयोग भएका केही अडियो क्लिपहरूलाई पनि अमर्यादित, अपुष्ट र बदनाम गर्ने नियतसहित प्रसारण गरिएको भन्दै सचिवालयले गम्भीर आपत्ति जनाएको...
खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, अषाढ २९ मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्ने खेलाडी रौनक श्रीवास्तवलाई कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री शान्ति इंगलिश बोर्डिंग स्कूलमा आज एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको छ । एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं १० सौनहवामा रहेको शान्ति इंगलिश बोर्डिंग स्कूलमा विद्यार्थी हरूमा उत्प्रेणा र मनोबल बढाउन सम्मान कार्यक्रम राखिएको आयोजकले जनाएका छन् ।   । एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६...
खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, अषाढ २७   मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्ने खेलाडी रौनक श्रीवास्तवलाई गृह वडामा समाजसेवी तथा प्रदेश सभा सदस्य प्रत्यासी राहुल पाण्डेयको टोलीले भव्य स्वागत तथा सम्मान गरेको छ। एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं १ बढ्यामा आज सोही वडाका खेलाडी रौनकलाई गृह वडाको नाम विश्व सामु चिनाउन सफल रहेका श्रीवास्तव लाई स्वागत तथा सम्मान गरेका छन्। । एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । सो सगै उनको रा...
इप्रका कृष्णनगर लागु औषध बिरूद्ध आक्रमक बन्दै लागु औषध सहित यात्रुगेट बाट एक जना पक्राउ

इप्रका कृष्णनगर लागु औषध बिरूद्ध आक्रमक बन्दै लागु औषध सहित यात्रुगेट बाट एक जना पक्राउ

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, कपिलवस्तु अषाढ २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले अषाढ २४ गते मंगलवार बेलुका साढ़े तीन बजे तिर भारत बाट नेपाल संकास्पद अबस्थामा आउदै गरेका कपिलवस्तु शिवराज नगरपालिका वडा न.१ बनकसबास बस्ने २२ बर्षिय सुमन सुदारोलाई प्रहरीले पक्राउ गरेका छन् । शंका लागी चेकजाँच गर्दा निजले लगाएको बाया खुट्टाको चप्पल भित्र नेपाली १० रुपैयाले पोको पारी लुकाई छिपाई राखेको ३ पुरिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो। अषाढ २२ गते समेत लक्ष्मीनगर बाट लागु औषध सहित एक जना पक्राउ परेका थिए। लागु औ...
लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, कपिलवस्तु अषाढ २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले अषाढ २२ गते आइतवार बेलुका साढ़े छ बजे तिर संकास्पद अबस्थामा बसेका भारत उत्तर प्रदेश जिल्ला शिद्धार्थनगर वढनी बस्ने २० बर्षको कन्हैया चौधरीलाई प्रहरीले पक्राउ परेका छन् । शंका लागी चेकजाँच गर्दा निजले लगाएको निलो जिन्स पाईन्टको अगाडीको दाया गोजीमा रातो प्लाष्टिकको टुक्रामा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका चौधरी लाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता...
तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

ब्यानर समाचार 2, समाचार
काठमाडौँ । काठमाडौँको तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानित गरिएको छ । परिवर्तन अभियान नेपालले शनिबार राजधानीको नेपालटारमा एक कार्यक्रमको आयोजना गरेर पालिकाभरका कुल ७१ विद्यालयबाट एसईईमा सफल विद्यार्थीहरुलाई सम्मानित गरेको हो । तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार पालिकाबाट विभिन्न विद्यालयबाट १७ जनाले ४ जीपीए ल्याएका छन् । सबै १७ जना विद्यार्थीलाई कार्यक्रममै सम्मानीत गरिएको र अन्य विद्यार्थीलको हकमा सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले जानकारी दिए । उनका अनुसार ४ जीपीए प्रणिता ओझा, दीपेन्द्र आचार्य, निश्चल गिरी, प्रतिमा तामाङ, शौरभ रिजाल, समृद्धि रिजाल, शोयता गुरुङ, विनायक शर्मा, सोफिया शैयद, समीश्रण तामाङ, अञ्जली थापा, आयुशा राई, सदीक्षा भट्टराई, सुचन बस...