Tuesday, May 19
Shadow

ब्यानर समाचार 2

आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, बैशाख ९ आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस पवित्र अवसरमा छात्राहरूकालागि हिफ्जुल कुरआन कोर्सको औपचारिक शुभारम्भको घोषणा गरियो। कार्यक्रममा देशका प्रमुख इस्लामी विद्वानहरूको उपस्थिति रही र उहाँहरूको प्रेरणादायी मन्तव्यले वातावरणलाई ईमान र यकीनको प्रकाशले उज्यालो बनायो। संस्थाका अध्यक्ष शैख शमीम अहमद नदवीले भन्नुभयो“यो संस्था केवल छोरीहरूको शिक्षा केन्द्र मात्र होइन, उनीहरूको उज्यालो भविष्यको जग हो। हिफ्जुल कुरआनको आरम्भ एक शैक्...
याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न

याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, साहित्य/कला
२०८२/०१/०६ गते शनिबार, उपन्यास समाज नेपालको आयोजनामा काठमाडौंको केन्द्र रामशाहपथ स्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए । आख्यानकार माधव बिडारी "चेतनपथ"ले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए । करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमाया गिरी, पवन आलोक, श्रीओम् श्रेष्ठ 'रोदन', केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी "भमर...
कालीदेवी माध्यमिक विद्यालयकाे ३७औं जन्म जयन्ती सम्पन्न

कालीदेवी माध्यमिक विद्यालयकाे ३७औं जन्म जयन्ती सम्पन्न

ब्यानर समाचार 2, शिक्षा, समाचार
चैत ,३० काठमाडौं  तारकेश्वर नगरपालिका वडा नं २ मा अवस्थित कालिदेवी माविले आफ्नाे ३७औं जन्म जयन्तिका अवसरमा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेकाे छ। करिब ७०० जना अभिभावककाे उपस्थिति रहेकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन रहेका थिए । उक्त अवसरमा नगर प्रमुख महर्जनले शिक्षामा लगानी बढाउने उद्घघाेष गरेका थिए । नेपाल सरकारले दिदै आएकाे खाजा रकम रु १५ मा रु १० थप गरि २५ पुर्‍याएको बताए । अब तारकेश्वरका सामुदायिक विद्यालयमा एउटै पाेशाक काेड हुने कुरा पनि जानकारी दिए । कार्यक्रमलाई स्वागत मन्तव्यबाट सम्बाेधन गरेका प्रअ कृष्णप्रसाद ओझाले विद्यालय सबैकाे साथ र सहयाेगबाट अगाडि बढिरहेकाे बताए । अन्तमा विव्यस अध्यक्ष टंक अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रम सकिएकाे थियाे ।...
लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभातफेरी

लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभातफेरी

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, चैत्र १४ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजनामा लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैली कार्यक्रम सम्पन्न भएको छ। विजयनगर गाउँपालिका वडा नं ६ प्रेमनगरमा आज प्रभात फेरी रैली निकालिएको थियो। लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैलीले समाजमा शान्ति स्थापना तथा स्थानीय स्तरमा लागु औषध बिरूद्ध जनचेतना अभिवृद्धि हुनुका साथै अभिभावक हरूलाई आफ्नो बाल बालिका हरूलाई लागु औषध जस्तो कुलत बाट बचाउन समेत फलदायी हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले बताए। प्रभात फेरी कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, पत्रका लगायत स्थानीय हरूको वृहत उपस्थित रहेको थियो।...
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सदस्यमा नसरूल्लाह खां मनोनीत

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सदस्यमा नसरूल्लाह खां मनोनीत

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, चैत्र ११ कपिलवस्तुको कृष्णनगरका मुस्लिम अगुवा तथा समाजसेवी नसरुल्लाह खानलाई लुम्बिनी प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समितिको सदस्य पदमा मनोनीत गरिएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले खानलाई मदरसा बोर्ड सदस्य पदमा मनोनीत गरेको हो । मुस्लिम समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को परिधिभित्र रहेर कार्य गर्दै आएको समितिको सदस्यको रूपमा खानले योगदान दिनेछन । यसै सन्दर्भमा, चैत १२ गते सामाजिक विकास मन्त्रालयमा सपथ ग्रहण तथा बैठक आयोजना हुने मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ। नसरुल्लाह खान समाजसेवीका रूपमा लामो समयदेखि मुस्लिम समुदायको शिक्षाका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उहाँको मनोनयनसँगै समुदायमा सकारात्मक प्रतिक्रिया देखिएको छ।...
अवधी पत्रकार सघंमा अजय मिश्र र  सुमित्रा मुराउ  मनोनित

अवधी पत्रकार सघंमा अजय मिश्र र  सुमित्रा मुराउ मनोनित

ब्यानर समाचार 2, समाचार
बृजेश यादव- कपिलवस्तु  अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनोनित गरीएको छ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र  सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिनुभयो । अजय मिश्र र  सुमित्रा मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरीएको र मनोनीत सदस्यहरूले अवधी भाषा, पत्रकारिता, तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभो । मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपालको विधान अनुसार नियुक्त गरीएको अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सचिव बृजेश यादवले बताउनुभयोे ।...
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद

सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, चैत्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर बाट आज खटिएको टोलीले आज विभिन्न स्थान बाट पच्हत्री हजार बराबरको अबैध सामान बरामद गरेको छ। आज सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के. सीको कमाण्ड्‌मा खटीई गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली, ल्याउँदै गरेको अन्दाजी मुल्य रु,५००००(पचास हजार) बराबरको सुर्ती, खाने तेल, चीनी, पान मसला बरामद गरीएको छ। त्यस्तै सशस्त्र प्रहरी सहायक निरिक्षक हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर नगरपालिका बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका बिभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल, पेन्ट लगायत अन्य सामानहरु अ...
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

ब्यानर समाचार 2, समाचार
अजय मिश्र कपिलवस्तु , चैत्र ७ जिल्लाकाे कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटकाे पटके शुरु भएकाे छ । कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटकाे पटके ताैलिहवा व बुटवल धाउनुपर्ने समस्या समाधान भएकाे छ । ताैलिहवा स्थित यातायात व्यवस्था सेवा कार्यालयकाे मताहतमा भन्सार नाकाबाटै पट्के सेवा सुरु गरिएकाे कार्यालय प्रमुख गोबिन्द चौधरीले जानकारी दिनुभएकाे छ । खासगरि भारतकाे पर्यटकलाइ भित्र्याउन सके देशकाे अर्थतन्त्रमा ठुलाे टेवा पुग्ने बताउदै पटके कार्यालय नाकामै खुल्दा कृष्णनगर बजार र नेपालका धार्मिक स्थलमा चहल।पहल बढ्ने पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई छ । संघ,प्रदेशका सबै सराेकारवाला निकायमा पटक पटक आवाज उठेकाे थियाे तर आज अधिकारिक रुपमा कृष्णनगर नाका मै पट्के कार्यालय स्थापना भएकाेमा सहयाेगीसबैलाई हृदयदेखि धन्यवाद दिदै व्यवसायी हकहितमा आफू सदैव तत्पर ...
अबैध बिदेशी मुद्रा सहित मानिस पक्राउ

अबैध बिदेशी मुद्रा सहित मानिस पक्राउ

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
चैत - ५, काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अवैध विदेशी मुद्रा सहित मानिस पक्राउ गरेको छ । घटना विवरणः विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१।१२।०४ गते बेलुकी अं. २३:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं.०२ झोरमा ना, ७ ख १६५२ नं. को मालबाहक ट्रक गाडी शंका लागि रोकी उल्लेखित सवारी साधन नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्रकको "वोनट" ड्राईभर बस्ने कोठाको (क्याविनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामा सहित सवारी साधन पक्राउ गरिएको। थप अनुसन्धान कार्य जारी रहेको। साथै निजले अवैध तरीका...
सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, चैत्र ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ । कपडा,चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं पुर्याउने गरिएको छ । कृष्णनगर सशस्त्...