Thursday, October 30
Shadow

ब्यानर समाचार 2

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सदस्यमा नसरूल्लाह खां मनोनीत

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सदस्यमा नसरूल्लाह खां मनोनीत

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, चैत्र ११ कपिलवस्तुको कृष्णनगरका मुस्लिम अगुवा तथा समाजसेवी नसरुल्लाह खानलाई लुम्बिनी प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समितिको सदस्य पदमा मनोनीत गरिएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले खानलाई मदरसा बोर्ड सदस्य पदमा मनोनीत गरेको हो । मुस्लिम समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को परिधिभित्र रहेर कार्य गर्दै आएको समितिको सदस्यको रूपमा खानले योगदान दिनेछन । यसै सन्दर्भमा, चैत १२ गते सामाजिक विकास मन्त्रालयमा सपथ ग्रहण तथा बैठक आयोजना हुने मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ। नसरुल्लाह खान समाजसेवीका रूपमा लामो समयदेखि मुस्लिम समुदायको शिक्षाका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उहाँको मनोनयनसँगै समुदायमा सकारात्मक प्रतिक्रिया देखिएको छ।...
अवधी पत्रकार सघंमा अजय मिश्र र  सुमित्रा मुराउ  मनोनित

अवधी पत्रकार सघंमा अजय मिश्र र  सुमित्रा मुराउ मनोनित

ब्यानर समाचार 2, समाचार
बृजेश यादव- कपिलवस्तु  अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनोनित गरीएको छ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र  सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिनुभयो । अजय मिश्र र  सुमित्रा मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरीएको र मनोनीत सदस्यहरूले अवधी भाषा, पत्रकारिता, तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभो । मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपालको विधान अनुसार नियुक्त गरीएको अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सचिव बृजेश यादवले बताउनुभयोे ।...
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद

सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, चैत्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर बाट आज खटिएको टोलीले आज विभिन्न स्थान बाट पच्हत्री हजार बराबरको अबैध सामान बरामद गरेको छ। आज सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के. सीको कमाण्ड्‌मा खटीई गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली, ल्याउँदै गरेको अन्दाजी मुल्य रु,५००००(पचास हजार) बराबरको सुर्ती, खाने तेल, चीनी, पान मसला बरामद गरीएको छ। त्यस्तै सशस्त्र प्रहरी सहायक निरिक्षक हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर नगरपालिका बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका बिभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल, पेन्ट लगायत अन्य सामानहरु अ...
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

ब्यानर समाचार 2, समाचार
अजय मिश्र कपिलवस्तु , चैत्र ७ जिल्लाकाे कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटकाे पटके शुरु भएकाे छ । कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटकाे पटके ताैलिहवा व बुटवल धाउनुपर्ने समस्या समाधान भएकाे छ । ताैलिहवा स्थित यातायात व्यवस्था सेवा कार्यालयकाे मताहतमा भन्सार नाकाबाटै पट्के सेवा सुरु गरिएकाे कार्यालय प्रमुख गोबिन्द चौधरीले जानकारी दिनुभएकाे छ । खासगरि भारतकाे पर्यटकलाइ भित्र्याउन सके देशकाे अर्थतन्त्रमा ठुलाे टेवा पुग्ने बताउदै पटके कार्यालय नाकामै खुल्दा कृष्णनगर बजार र नेपालका धार्मिक स्थलमा चहल।पहल बढ्ने पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई छ । संघ,प्रदेशका सबै सराेकारवाला निकायमा पटक पटक आवाज उठेकाे थियाे तर आज अधिकारिक रुपमा कृष्णनगर नाका मै पट्के कार्यालय स्थापना भएकाेमा सहयाेगीसबैलाई हृदयदेखि धन्यवाद दिदै व्यवसायी हकहितमा आफू सदैव तत्पर ...
अबैध बिदेशी मुद्रा सहित मानिस पक्राउ

अबैध बिदेशी मुद्रा सहित मानिस पक्राउ

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
चैत - ५, काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अवैध विदेशी मुद्रा सहित मानिस पक्राउ गरेको छ । घटना विवरणः विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१।१२।०४ गते बेलुकी अं. २३:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं.०२ झोरमा ना, ७ ख १६५२ नं. को मालबाहक ट्रक गाडी शंका लागि रोकी उल्लेखित सवारी साधन नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्रकको "वोनट" ड्राईभर बस्ने कोठाको (क्याविनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामा सहित सवारी साधन पक्राउ गरिएको। थप अनुसन्धान कार्य जारी रहेको। साथै निजले अवैध तरीका...
सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, चैत्र ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ । कपडा,चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं पुर्याउने गरिएको छ । कृष्णनगर सशस्त्...
होली पर्वको शुभकामना सहित इप्रका कृष्णनगरको अनुरोध

होली पर्वको शुभकामना सहित इप्रका कृष्णनगरको अनुरोध

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, फाल्गुन २९  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका  प्रहरी निरिक्षक सुरज खत्रीले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगरले जारी गरेको शुभकामना सहित अनुरोधमा भनिएको छ। होली पर्वमा कसैको इच्छा विपरीत रंग र अबिर नलगाऔं,अपरिचित व्यक्ति हरू संग होली नखेलौं, होली पर्वमा मदिरा लगायत अन्य नशालु पदार्थको सेवन नगरौं, होलीको नाममा उच्च श्रृंखल कार्य नगरौं, छाला तथा आखां लाई असर गर्ने केमिकल युक्त रंग तथा अबिरको प्रयोग न गरौँ, महगा गर गहना लगएर होली नखेलौं, ट्राफिक नियमको पाल्ना गरौँ आफू बचौं र अरूलाई बचाऔं जस्ता सचेतनामूलक सन्देश जारी गरिएको छ। साथै नियम विपरीत कार्य गर्ने व्यक्तिको बारेमा प्रहरी लाई खबर गर्न समेत इलाका प्रहरी कार्यालय कृष्णनगरले अनुरोध गरेको छ।...
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , फल्गुण २८ अवधी पत्रकार संघ नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रक्त संचार केन्द्र बुटवलकाे प्रविधिक सहयाेग र अवधी पत्रकार संघ कपिलवस्तु शाखाकाे आयाेजनामा एकदिने रक्तदान कार्यक्रम शिवराज अस्पताल बहादुरगंजमा सम्पन्न भएकाे सचिव बृजेश यादवले बताउनुभएको छ । कुल ५५ जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा ३३ जना ले मात्र रक्त दान गरेका थिए भने बाकी सहभागी मध्ये ब्लड प्रेसर, सुगर लगायतका विरामीले रक्त दान गर्न नपाउने रक्त संचार केन्द्रका प्राविधिकले आग्रह गरेका थिए । रक्त दान जीवन दान सरह रहेकाेले हामीले दिएकाे रगत समुहका अधारमा केन्द्रमा संकलन हुन्छ र पछि कुनै प्रकारकाे राेग व दुर्घटना भएमा केन्द्रबाट सजिलै पाइने अवधी पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभयो ।...
नेविसंघ केन्द्रीय अनुशासन संयोजकमा परोपकार अधिकारी चयन

नेविसंघ केन्द्रीय अनुशासन संयोजकमा परोपकार अधिकारी चयन

ब्यानर समाचार 2, समाचार
  काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय अनुशासन समितिको संयोजकमा परोपकार अधिकारी चयन भएका छन् । चैत्र २२ गते बसेको नेविसंघ केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार केन्द्रीय सदस्य समेत रहेका अधिकारीको संयोजकत्वमा थप दुई सदस्य मनोनित भएका छन् । आइतवार(आज) नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्धारा जारी गरिएको पत्र अनुसार, नेविसंघमा आवद्ध सदस्यहरुलाई अनुशासित, मर्यादित र संगठनको बृहत्तर हित अनुकुल क्रियाशिल गराउन, नेविसंघको आचार संहिता २०८१ कार्यान्वयन गर्न/गराउन, नेपाल विद्यार्थी संघको विधान २०२७(संशोधनसहित) को धारा २४(१) तथा संघको केन्द्रीय कार्यसमिति बैठकमा सर्वसम्मतिले पारित निर्णय नं. ४ कार्यान्वयन गर्न/गराउन अधिकारीको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको उल्लेख छ । पाँच सदस्यीय समितिमा हाल संयोजक अधिकारीसहित सदस्यहरुमा निर्मला शाह र जेम सिंह राई मनोनित छन् भने बाँकी दुई ...
नेकपा माओबादी केन्द्र कृष्णनगर वडा नं ८ र ९ मा वडा कमिटी विस्तार

नेकपा माओबादी केन्द्र कृष्णनगर वडा नं ८ र ९ मा वडा कमिटी विस्तार

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, फाल्गुन २० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ मा नेकपा माओबादी केन्द्रले वडा कमिटी विस्तार गरेको छ। कार्यक्रम वडा नं ८ मा अतिकुर रहमानको अध्यक्षता तथा वडा नं ९ मा महेश चौधरीको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत अतिथि हरूको अपस्थितमा वडा कमिटी विस्तार गरिएको छ। वडा नं ८ मा सहदेव कुर्मी चौधरी अध्यक्ष, उपाध्यक्षमा आरती कहाँर, सचिवमा सलाम मुसलमान सहित २१ सदस्यि वडा कमिटी विस्तार गरेको छ। वडा नं ९ मा महेश चौधरी अध्यक्ष, उपाध्यक्षमा जगरानी बढ्ई, सचिवमा आकाश बढ्ई सहित १५ सदस्यि कमिटी विस्तार गरेको छ। प्रमुख अतिथि मौलानाले नयाँ नेतृत्व ग्रहण गरेका सम्पूर्ण पदाधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दे...