Thursday, October 30
Shadow

दुर्घटना

आगो ताप्ने क्रममा जलेर मृत्यु

आगो ताप्ने क्रममा जलेर मृत्यु

दुर्घटना, समाचार, समाज
काठमाण्डौँ, पुष ९ कञ्चनपुर पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेका थिए । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।...
बल्खुमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

बल्खुमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ९ । ललितपुरको बल्खुमा गए राति जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । बा२१ च५०६४ नम्बरको जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिका घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा पैदल हिँडिरहेको बेला अधिकारीलाई जीपले ठक्कर दिएको हो । जीपको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि तत्कालै नजिकै रहेको बयोधा अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जीपका चालक राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

दुर्घटना, समाचार
काठमाण्डौ,पुष ८ ललितपुरको धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते खनालको उपचारको क्रममा गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भइ ललितपुरको धोविघाट बस्दै आएका २७ वर्षीय गोपिकृष्ण खनाल छन्। एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे पैदल हिँडिरहेका खनाललाई ठक्कर दिएको थियो। मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ। तस्वीर : गुगोल बाट साभार...
टिकटक बनाउँदा पुलबाट खसेका दाङका युवकको मृत्यु

टिकटक बनाउँदा पुलबाट खसेका दाङका युवकको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष ६ दाङका एक युवकले स्टन्ट गरेर टिकटक बनाउँदा उनको मृत्यु भएको छ । उनी केही दिनअघि झोलुङ्गे पुलबाट खसेका थिए । दाङ तुलसीपुर १९ का २४ वर्षका रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो । उनको सोमबार विहान साढे ७ बजे मृत्यु भएको हो । शनिबार दिउँसो उनी पुरन्धारा नजिकै बबई नदीको झोलुङ्गे पुलमा स्टन्ट गरेर टिकटक बनाउँदै थिए । त्यसपछि उनी गम्भीर घाइते भएका थिए । उनी झोलुङ्गे पुलको तारमा झुन्डिएर टिकटक बनाउँदा झन्डै २० मिटर तल बगरमा खसेका थिए ।...
चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाडौंको किर्तिपुर नगरपालिका-६ चोभारमा गएराति टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा. ४ ख ४५६५ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको स. १० प ४९१३ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन्। घटनास्थलमै मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ च्यास्मीटार घर भएका २४ वर्षीय सरोज राई छन्। दुवै सवारीसाधनसहित टिपर चालकलाई महानगरीय प्रहरी वृत्त किर्तीपुरले नियन्त्रणमा लिइसकेको छ।...
तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २८ तेह्रथुममा शनिबार दिउँसो खेल्न निस्किएका तीनजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–६ कोलाबुङमा बनाइएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । ‘शनिबार दिउँसो साथीसँग खेल्न गए भनेर परिवारले लामो समयसम्म खोजी गर्नु भएनछ’, छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले भने, ‘साँझसम्म नआएपछि सोधिखोजी गर्दा तीनजना बालिकाको शव पोखरीमा भेटिएको हो ।’ सुख्खा क्षेत्र भएकाले स्थानीय कृषकले सिंचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा बालिका डुबेको उनको भनाइ छ । दुई परिवारका तीन बालिकाको मृत्यु भएको हो । कपिला लिम्बुका छोरीहरु ७ र आठ वर्षीय रञ्जना र रोजीनासँगै खेल्न गएकी देवेन्द्र लिम्बुकी ६ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो । शनिबार दिउँसोकै घटना भए पनि स्थानीय र प्रहरीले साँझमात्र थाहा पाएका थिए । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल म्याङल...
डोटीमा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु, चार घाइते

डोटीमा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु, चार घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ भने चार जना घाइते भएका छन् । शनिबार राति दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट, नाम नखुलेकी ५५ वर्षकी महिला र अन्दाजी तीन वर्षका एक बालक रहेका छन् । यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी रहेका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
  काठमाडौ,मंसिर १९ चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ । चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो । गएकाे सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेकाे अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।...
कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

दुर्घटना, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा विवाहको गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुलाहा कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएकी छन् । दुर्घटनामा अन्य ११ जना जन्ती घाइते भएका छन् । बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको विङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालकसहितका ४ जनाको अवस्था गम्भीर छ ।...
गुल्मीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

दुर्घटना, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर १२ गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल गुल्मीमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा रहेका छन् । घाइते भएकी २८ वर्षीया सरस्वती दर्लामीको उपच...