Tuesday, April 23
Shadow

धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौ,पुष ८
ललितपुरको धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते खनालको उपचारको क्रममा गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भइ ललितपुरको धोविघाट बस्दै आएका २७ वर्षीय गोपिकृष्ण खनाल छन्।

एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे पैदल हिँडिरहेका खनाललाई ठक्कर दिएको थियो।

मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ।

तस्वीर : गुगोल बाट साभार

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares