Thursday, October 30
Shadow

टिप्स

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, असोज १९ मध्य भोटेकोशी जलविद्युत कम्पनीले भोलि (असोज २० गते, मंगलबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्र्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कमपनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।...
साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १७ साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले ओदन दिएका थिए । जसमा २३ लाख ८३ हजार ४६० जनाको मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ६ लाख ४४ हजारले १० कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै आईपीओ पाएका हुन् । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेक...
न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज १५ न्यादी हाइड्रोपावर लिमिटेडले आज (असोज १५ गते, शुक्रबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।...
कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ५ कुमारी बैंक लिमिटेडको १३ हजार ८७४ कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा आएको छ । कम्पनीको संस्थापक शेयरधनी अन्जन कुमार पौडेलको नाममा रहेको १० हजार ८५७ कित्ता र सुनिल कुमार रेग्मीको नाममा रहेको ३ हजार १७ कित्ता गरी कुल १३ हजार ८७४ कित्ता शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन । कम्पनीले असोज ५ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।...
आजबाट सोह्रश्राद्ध सुरु

आजबाट सोह्रश्राद्ध सुरु

जिवनसैली, टिप्स, समाचार, समाज
काठमाण्डौँ, असोज ५ बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध सुरु भएको छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ । पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिएको छ । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।...
ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज यस्तो छ कारण…

ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज यस्तो छ कारण…

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाचार, समाज
काठमाण्डौँ, असोज ३ केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ : सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । यसले कामोत्तेजना बढाउँछ । ब्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकि उनीहरू देवताको पूजा गर्छन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ । सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त ...
भोलिदेखि नयाँ नोट साट्न पाइने

भोलिदेखि नयाँ नोट साट्न पाइने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ३ भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।...
असोज ६ देखि ७० लाख कित्ता आईपिओ निष्काशन हुदैँ, कति दिने आवेदन ?

असोज ६ देखि ७० लाख कित्ता आईपिओ निष्काशन हुदैँ, कति दिने आवेदन ?

आर्थिक, टिप्स, समाचार
काठमाण्डौ,भाद्र २९ साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि ७० लाख कित्ता साधारण सेयर (आईपीओ) आईपीओ निष्काशन गर्ने भएको छ कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीले ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन ...
संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल

संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल

टिप्स, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, भाद्र २२ आउँदो असोज ३ गते संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक हेम विक्रम सिलवालले सम्पूर्ण राष्ट्रभक्त देशवासिमा अपिल गरेका छन् । मोर्चाले संविधान दिवसको अवसर पारेर राष्ट्र बचाउ आन्दोलन गर्न लागेको संयोजक सिलवालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो अपिल गरेका छन् संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २० ७८ लामो समयको प्रयास मार्फत् विभिन्न संघसंस्था, राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, साहित्यकार आम नागरिक हरु गोलबद्ध हुने प्रयास जारी छ । तथाकथित २०७२ को संविधानले निषेधलाई प्रशय दिई आफूले आफैलाई अग्रगामी र परम्परालाई पश्चगामि ढलकाउने आमनेपाली जनता समक्ष नेपालको संविधान २०७२ जारी गरियो । नेपाल आफै हिमवत खण्ड पशुपति, सिद्धार्थ गौतम बुद्ध, सीता माता जानकी, गुरु गोरखनाथ, मच्छिन्द्र नाथ आफैमा देवपाटन ऐतिहासि...
तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, भाद्र २२ तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम अघि बढेको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले...