काठमाडौँ, २९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग भिडिरहेको नेपालको ब्याटिङ निक्कै खराब भइरहँदा सोमपाल कामीले अर्धशतक पुरा गरेका छन् ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले कमजोर प्रदर्शन लगातार विकेट गुमाइरहँदा सोमपालले केही आशा जगाएका थिए ।
ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङमा आएको नेपाल ३७ ओभरमा १७९ रनमै समेटियो ।