Tuesday, May 5
Shadow

आर्थिक

वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- २०७९ भाद्र २५  गते काठमाडौँ महानगरपालिका वडा नं.३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाको खुल्ला सत्रको सभापतित्व सुरज के.सी. को सभापतित्वमा भएको थियो भने उद्घोषण माधवप्रसाद तिमल्सिना ले गर्नुभएको थियो। त्यस कार्यक्रममा राष्ट्रिय सहकारीको जिल्ला अध्यक्ष के.बी. उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो भने बिशेष अतिथिमा प्रा.डा. अरहन स्थापित हुनुहुन्थ्यो । कार्यक्रम खुल्ला र बन्द सत्र गरि दुईभाग मा भएको थियो । पहिलो सत्रमा शुभकामना मन्तव्य , बार्षिक कार्यक्रम , वार्षिक प्रगति , पुरस्कार सम्मान ,मनोरञ्जन आदि भएको थियो । दोस्रो , बन्दसत्रमा निर्वाचन प्रक्रियामा सर्वसम्मत मुकुन्दराज खनालको अध्यक्षतामा सञ्चालक समिति र विमोल भेटवालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी शनिबार काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टी भेन्युमा सम्पन्न भएक...
श्रीलङ्कामा रेमिटेन्स बढ्यो

श्रीलङ्कामा रेमिटेन्स बढ्यो

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार 2
काठमाडौँ– श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ । उहाँले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताउनुभयो । उहाँले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिनुभएको हो । उहाँले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिनुभएको छ । देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ– मन्त्री नानकायराले भन...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आर्थिक, ब्यानर समाचार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ । कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ । सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो । त्यस्तै बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्यु...
सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

आर्थिक, टिप्स
काठमाडौं- सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु तीन करोड तिरान्नब्बे लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १९ हजार छ सय ९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ६८ हजार पाँच सय ९० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका ला...
सहकारी विज्ञ देशमर्दन बस्न्यातलाई विद्वता पुरस्कार

सहकारी विज्ञ देशमर्दन बस्न्यातलाई विद्वता पुरस्कार

आर्थिक
काठमाडौं- नेफ्स्कूनले विद्वता पुरस्कारबाट सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातलाई प्रदान गरी सम्मान गर्ने भएको छ ‌। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३५औं स्थापना दिवसको अवसरमा यही साउन साउन ३१ गते काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्ध निर्देशक समेत रहनु भएका सहकारी विज्ञ डा.बस्न्यातलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक, नेफ्स्कूनका सल्लाहकार तथा नि:बर्तमान अध्यक्ष एवं नेफ्स्कूनको पुरस्कार तथा सम्मान उप- समितिका संयोजक डी.बी. बस्नेतले घोषणा गर्नु भएको थियो । उक्त पुरस्कार नेफ्स्कूनको आगामी वार्षिक साधारण सभाको अवसरमा प्रदान गरिने जनाइएको छ । नेफ्स्कूनले विद्वता पुरस्कार प्रदान गर्ने घोषण गरिएका सहकारी विज्ञ डा. देशमर्दन बस्न्यातले राष्ट्रिय सहकारी विकास बोर्डले प्रदान गरेको छात्रबृत्त...
घट्याे पेट्रोलियम पदार्थको मूल्य

घट्याे पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, मुख्य समाचार
काठमाडौँ- भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ । यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाा ७६ पैसा र डिजेल १६ रुपैयाा ५६ पैसा घटेर आएको थियो । लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन । नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।...
पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

आर्थिक, ब्यानर समाचार
काठमाडौं- चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले न्युज कारखानासँग भने । रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन । भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु ...
सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

आर्थिक, ब्यानर समाचार 2
काठमाडौं- कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुनेगरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनेदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ । भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा व...
तेल वितरणमा कोटा तोक्ने, मोटरसाइकललाई ५ र कार जिपलाई २० लिटर

तेल वितरणमा कोटा तोक्ने, मोटरसाइकललाई ५ र कार जिपलाई २० लिटर

आर्थिक, ब्यानर समाचार
काठमाडौं- नेपाल आयल निगमले तेल वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लगायत अन्य उपकरणहरुको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने प्रस्ताव निगमको छ । ...
मन्त्रिपरिषदबाट बजेट पारित

मन्त्रिपरिषदबाट बजेट पारित

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ । आउँदो वर्षको बजेट अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नुहुनेछ ।...