Friday, May 3
Shadow

सहकारी विज्ञ देशमर्दन बस्न्यातलाई विद्वता पुरस्कार


  • -इ
  • इ+

काठमाडौं- नेफ्स्कूनले विद्वता पुरस्कारबाट सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातलाई प्रदान गरी सम्मान गर्ने भएको छ ‌। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३५औं स्थापना दिवसको अवसरमा यही साउन साउन ३१ गते काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्ध निर्देशक समेत रहनु भएका सहकारी विज्ञ डा.बस्न्यातलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक, नेफ्स्कूनका सल्लाहकार तथा नि:बर्तमान अध्यक्ष एवं नेफ्स्कूनको पुरस्कार तथा सम्मान उप- समितिका संयोजक डी.बी. बस्नेतले घोषणा गर्नु भएको थियो । उक्त पुरस्कार नेफ्स्कूनको आगामी वार्षिक साधारण सभाको अवसरमा प्रदान गरिने जनाइएको छ ।

नेफ्स्कूनले विद्वता पुरस्कार प्रदान गर्ने घोषण गरिएका सहकारी विज्ञ डा. देशमर्दन बस्न्यातले राष्ट्रिय सहकारी विकास बोर्डले प्रदान गरेको छात्रबृत्तिमा प्यासिफिक युनिभर्सिटीबाट २०७८ सालमा सहकारीका कर्मचारी विषयमा विद्यावारिधि गर्नु भएको थियो । वचन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक सदस्य हुदै सोही संस्थाको सञ्चालक समितिको सचिव जिम्मेवारी समेत निर्वाह गरी सक्नु भएका डा.बस्न्यात सहकारीका कर्मचारी विषयमा विद्यावारिधि गर्ने नेपालमा पहिलो विद्वान हुनुहुन्छ तर काठमाडौंको तारेकेश्वर नगरपालिकाको धर्मस्थली निवासी हुनुहुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares